2026-07-04 07:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेरिबास्सैबाट धुर्मुस-सुन्तली पछी बल्छि र राजुमास्टर पनि बाहिरिए

आर्टिष्ट खबर | चैत १०, काठमाडौं । बिगत लामो समय देखी नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिसिरियल ‘मेरिबास्सै’बाट निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) र राजु पौडेल (राजु मास्टर) बाहिरिएका छन् । निर्माण कम्पनी मिडिया हवसँग बिभिन्न कुराहरुमा सहमति हुन नसक्दा बाहिरिएको बल्छिले जानकारी दिएका छन् । 

‘मिडिया हबसँग विभित कुरामा सहमती हुन नसक्दा आजको मितिबाट हामी मेरी बास्सैबाट अलग भयका छौँ । यस कदमबाट हाम्रा भगवनरुपी दर्सकहरुमा पर्न गएको असर प्रति क्षमाप्रार्थी छौँ।’, बल्छिले आफ्नो फेसबुकमा लेखेका छन् । सिताराम कट्टेल (धुर्मुस्) र केदार घिमिरे (माग्नेबुढा)ले हात झिकेपछि बल्छि र राजुमास्टरले लेखन तथा निर्देशनको काम सम्हाल्दै आएका थिए । अहिले केहिबर्ष पछि उनीहरुले पनि हात झिकेसँगै अब मेरिबास्सैमा बल्छि र राजुमास्टरलाई देख्न पाइनेछैन । 

‘हामी अब छिट्टै नै बल्छि र राजुमास्टरकै भेषमा अर्को सिरियल लिएर आउनेछौं, दर्शकले हामीलाई मेरिबास्सैकै भेषमा देख्न पाउनुहुनेछ’ बल्छिले आर्टिष्ट खबरसँग कुरागर्दै भने । बल्छिले आफूहरु स्क्रिप्ट राइटर भनेको खुल्ला आकाशमा उड्ने चरा जस्तै भएको बताएका छन् । उनको स्टाटसको आशय अनुसार निर्माण कम्पनीले केहि कुरामा बन्देज गरेको बुझिन्छ । ‘एउटा स्कृप्ट राईटर भनेको खुल्ला आकासमा उड्ने चरा जस्तै हो उ जुनदिसामा नि आफ्नो पखेटा फैलाएर उड्न सक्छ, तर त्यो चरालाई एउटा पिजडामा थुनेर राख्दा चरा पिजडाबाट बाहिर निस्किन खोज्दा कैले उसको टाउकामा चोट लाग्छ, कैले पखेटा भाचिन सक्छ यसो हुदा चरा बिरामी पर्न जान्छ र कुनै दिन मर्न पनि सक्छ। तर हरुरहरुको मायाले बाचेका हामी बल्छी र राजु मर्न चाहेनौ।’ बल्छिले लेखेका छन् । 

आज (आइतबार) मेरिबास्सैको छायांकन बल्छि र राजुमास्टरको अनुपस्थितीमा भइरहेको छ । बुझिए अनुसार अब मेरिबास्सै मनराज श्रेष्ठले निर्देशन गर्नेछन् । अब आउने मंगलबारको मेरिबास्सैको भाग ५९५ बाट बल्छि र राजुमास्टरलाई देख्न पाइनेछैन ।

यो पनि 

मेरी बास्सैमा हालसम्म को-को जोडिए ? मुख्य पात्रहरुको वास्तविक नाम र मेरीवास्सैमा चिनिएका नाम सहित

केदार घिमिरे (माग्ने बुडो, चौध्घरे दादा)

सुनिता गौतम'बज्र्गाई' (मुइया, माग्ने बुडाको पत्नी)

सुरज चापागाई (बान्द्रे, मुइयाको भाई)

सिताराम कट्टेल (धुर्मुस, सुन्तलीको पती, वडा अध्यक्ष, गाउको मुख्या, खड्गा जी, अप्सराको पती, खडानन्द गुरु, मुस्कान पासा, फातौरी बुडीलाई मन पराउने, आइते झुम्रीको पति र अरु नि थुप्रै पात्रमा आधारित)

कुञ्जना घिमिरे (सुन्तली, धुर्मुसको पत्नी, झुम्री, आइतेको पात्नी, फातौरी बुडी)

सुरबीर पण्डित (दार्ही बुडो, धुर्मुसको पिता)

विल्सन बिक्रम राई (तक्मे बुडा)

निरु खड्का (ठ्यास कुमारी, धुर्मुसको दिदि)

सुलेमान शंकर (इकु)

राम चन्द्र अधिकारी (गोक्ते काजी, गाउँको सबभन्दा धनी)

सुरेन्द्र केसी (मुला साग, सुन्तलीको पिता)

पल्पासा डंगोल ( चम्सुरी, सुन्तलीको आमा)

मरिचमान श्रेष्ठ (बल्छी धुर्बे, माछा पालन समूहको आध्यक्ष) 

राजु पौडेल (राजु मास्टर, माग्ने बुडाको दाजु)

अंजू थापा (राजु मास्टरको पत्नी)

लक्ष्मी श्रेष्ठ (अप्सरा, खड्का जी को पत्नी)

कुमार श्रेष्ठ (फर्सीलाल, ठ्यास कुमारीलाई मन पराउने)

बुद्दी तामांग (हुमाने)

रजनी गुरुङ (मंगाली, हनुमाने को पत्नी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो