2026-10-10 07:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेरिबास्सै छाडेका राजु मास्टर ‘गोलमाल’मा जोडिए, लेखन र निर्देशन गर्ने

चैत १६, काठमाडौं । हाँस्य टेलिसिरियल मेरिबास्सै बाट हात झिकेका राजु पौडेल (राजु मास्टर) नेपाल टेलिभिजनबाटै प्रसारण हुने अर्को सिरियल ‘गोलमाल’मा जोडिएका छन् । हरेक शुक्रबार साँझ ७ बजे प्रसारण हुँदै आएको गोलमालको ५३ औं भागबाट राजुले लेखन तथा निर्देशनको काम सम्हालेका छन् । 

भाईब्स कृयसनको ब्यानरमा निर्माण हुँदै आएको गोलमालमा उनी कलाकारको रुपमा भने देखिने छैनन् । गोलमालका निर्माता पर्शुराम रिजालले आफ्नो सिरियलमा राजुलाई लेखक तथा निर्देशकको रुपमा पाउँदा खुसी लागेको बताएका छन् ।  गोलमाल बिगत एकबर्ष देखी नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको छ । 

राजुले आफ्नो अफिसियिल युट्युव च्यानल मास्टर टिभीबाट ‘ह्वाट’नामक सिरियल बनाउँदै आएका थिए । सोहि कारण उनले मेरिबास्सै छाड्नु परेको थियो । गोलमालमा लेखन तथा निर्देशन गरेपछि उनले ‘ह्वाट’ छाड्न नपर्ने सहमति भएको छ । राजुले ‘ह्वाट’लाई निरन्तरता दिनेछन् । उता मेरिबास्सैका अर्का निर्देशक तथा लेखक मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) भने गोलमालमा जोडिएका छैनन् । यसै सिरियलमा जोडिने छन् या नयाँ काम गर्ने छन् भन्ने केहि बताइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध