2026-10-11 02:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीदेवीबारे चार रोचक तथ्य

साउन २८, मुम्बई | एजेन्सी | अभिनेत्री श्रीदेवी आज भलै यो संसारमा छैनन्, तर उनलाई अझै पनि फ्यानहरुले सम्झिइरहेका छन् । श्रीदेवी जति सुन्दर थिइन्, उति नै राम्रो अभिनय पनि गर्थिन् । आज पनि उनका कैयौं फिल्म टेलिभिजनमा प्रसारण हुँदै आएका छन् ।

सन् १९६३ अगष्ट १३ मा जन्मिएकी श्रीदेवी बलिउडको पहिलो महिला सुपरस्टार थिइन् । उनको निधन सन् २०१८ फेब्रुअरी २४ मा भएको थियो । उनले बलिउडका झण्डै ३ सय फिल्ममा काम गरिन् । जसमा धेरै फिल्म हिट भएका थिए । यहाँ उनीसँग जोडिएका केही तथ्य प्रस्तुत गरिएको छ–

हिरोभन्दा बढी पारिश्रमिक

भारतीय फिल्ममा जहिल्यै पुरुषकै बोलवाला रह्यो । आज पनि अधिकांश अभिनेतालाई केन्द्रमा राखेर फिल्म बनाइन्छ । ९० को दशकमा त अभिनेताकै दममा फिल्म हिट हुन्थे । तर, त्यो समय श्रीदेवीले आफ्नो अभिनयको धाक जमाएकी थिइन् ।

श्रीदेवी यस्तो अभिनेत्री थिइन्, जसको फिल्म हेर्न दर्शकहरु सिनेमाघरतिर दौडन्थे । उनले आफ्नो अभिनयको दममा पहिलो महिला सुपरस्टारको उपाधि पोल्टामा पारिन् । यही कारण त्यो समयमा उनी अभिनेताभन्दा बढी पारिश्रमिक लिन्थिन् । फिल्म ‘नगीना’मा उनले अभिनेता ऋषि कपूरभन्दा बढी पारिश्रमिक लिएकी थिइन् ।

साउथमा पनि लोकप्रिय नाम

अभिनेत्री श्रीदेवीले साउथ फिल्मबाट आफ्नो करियर सुरुवात गरेकी थिइन् । उनले साउथ फिल्ममा पनि लोकप्रियता कमाएकी थिइन् । उनले १६ वयथीनिलए, मंदरु मुदिचु, सिगप्पू रोजकाल, कल्याणरमन, जोनी, मीनदुम कोकिला जस्ता फिल्मबकाट लोकप्रियता कमाएकी थिइन् ।

ओठको प्लास्टिक सर्जरी

फिल्मी अभिनयमा व्यस्त भइरहँदा उनको ओठको आकारमा केही परिवर्तन भएको थियो । त्यसपछि उनले ओठको प्लास्टिक सर्जरी गरेको खुलेको थियो । यद्यपि फ्यानले उनको नयाँ लुक्सलाई मनपराएनन् ।

१५ वर्षपछि कमव्याक

श्रीदेवीलाई भारतीय फिल्ममा व्यावसायिक अभिनेत्रीका रुपमा चिनिन्थ्यो । उनले आफ्नो करियरमा नागिन, चालबाज, चाँदिनी, सीता–गीता, जुदाई, खुदा गवाह, नगीना, मिस्टर इंडिया जस्ता सानदार फिल्ममा अभिनय गरिन् । उनी झण्डै १५ वर्ष फिल्मी पर्दाबाट अलग भइन् ।

१५ वर्षपछि फिल्म ‘इंग्लिश विंग्लिश’ बाट सानदार पुनरागमन गरिन् । त्यसपछि उनी सन् २०१८ मा फिल्म ‘मोम’ मा सौतेली आमाको भूमिकामा अभिनय गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध