2026-11-25 04:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लाल सिंह चढ्ढाः स्वदेशमा विरोध, विदेशमा हिट

साउन ३०, मुम्बई | आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’लाई लिएर भारतमा विरोध भइरहेको छ । हाल प्रदर्शनरत फिल्मले विरोधकै कारण भारतमा राम्रो व्यापार गर्न सकेको छैन ।

आमिर यो फिल्मका लागि पछिल्लो चार वर्षयता तयारीमा थिए । यो फिल्मको रिलिज मिति सार्वजनिक हुनासाथ उनीप्रति दर्शक आक्रोशित भए । रोचक कुरा के छ भने यो फिल्मको भारतमा जति विरोध भइरहेको छ, विदेशमा भने फिल्मले उति नै प्रशंसा पाइरहेको छ ।

फिल्मले भारतमा मन्द व्यापार गरिरहे पनि यसले विस्तारै पिकअप लिनेमा फिल्मकर्मी आशावादी छन् । सुरुवाती दिनको तुलनामा पछिल्लो समयमा फिल्मको व्यापारिक आंकडा बढ्दै गएको छ । फिल्मले भारतमा पहिलो दिनमा ११ करोड ७० लाख, दोस्रो दिन सात करोड २६ लाख र तेस्रो दिन नौ करोडको व्यापार गरेको थियो ।

फिल्मले ओभरसिजमा पहिलो दिन ८ दशमलब २० करोड, दोस्रो दिन १३ दशमलब ४० करोड, तेस्रो दिन ९ दशमलब ४० करोड र चौथो दिन १३ दशमलब २५ करोडको कमाइ गरेको थियो । यो आंकडाअनुसार फिल्मले विदेशमा करिब ४३ दशमलब २५ करोडको व्यापार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बुढीगण्डकी आयोजनामा बजेट अभाव हुन दिँदैनौँ : मन्त्री लम्साल निर्वाचन आयोगद्वारा कांग्रेसको नयाँ कार्यसमिति र विधान अद्यावधिक गोरखामा बस र ट्रक ठोक्किँदा १७ जना घाइते बालश्रम न्यूनीकरण गर्ने उद्देश्यका साथ कानुन बनाउन खोजिएको हो : श्रममन्त्री यादव एलपी ग्यास आपूर्ति सहज बनाउन आयल निगमको निर्देशन जापान पठाउने प्रलोभनमा २ करोड ४५ लाख ठगी, एक जना पक्राउ लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन प्रधानमन्त्री शाहको आह्वान त्रिभुवन विमानस्थलमा दुई किलोभन्दा बढी सुनसहित दुई महिला पक्राउ दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सर्वोच्चमा सुनुवाइ सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ६ हजार ५०० रुपैयाँ घट्यो सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता देउवालाई गगनको सुझाव : राजनीतिक अभिव्यक्तिको सीमा र मर्यादा कायम राख्नुस् स्थानीय तहमा राम्रो नतिजा आए देश फेरि क्रान्तितिर जान्छ : प्रचण्ड पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात जान्नँ : गगन थापा सभापति भएपछि केपी ओलीसँग पाँच पटक भेटिसकेको छु : गगन थापा एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ सम्म समय भेरी नदीमा भिडियो बनाउने क्रममा बगे नेपालगञ्जका दुई युवा, खोजी कार्य जारी बाँकेको मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर; एक जना पक्राउ दुई मन्त्रीसँगको तस्बिर सेयर गर्दै बालेनले लेखे– ‘देश उँभो लाउने टोली’ धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु