2026-09-19 08:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लाल सिंह चड्ढा, आमिरका १० गल्ती

एजेन्सी | आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ले बक्सअफिसमा धिमा गतिमा कलेक्सन गरेको सबैलाई थाहा नै छ । खासगरी यो फिल्मलाई बहिस्कार गर्नुपर्ने माग बढ्दै गएपछि उनको फिल्म संकटमा पर्न थालेको हो । यो भयो व्यावसायिक कुरा ।

तर, आमिरको फिल्म फ्लप हुनुमा उनले गरेका १० गल्ती आफैंमा प्रमाण हुन् । विवाद र चर्चामा आउन नरुचाउने यी अभिनेताका यी १० गल्तीले उनको फिल्मको व्यापारमा ठूलो असर गर्‍याे । यहाँ उनका ती गल्तीबारे चर्चा गरिएको छ ।

ठग्स अफ हिन्दुस्तानको प्रेम

आमिर आफ्नो पछिल्लो फिल्म ‘ठग्स अफ हिन्दुस्तान’मा केही फरक लुक्समा थिए । फिल्मको हरेक फ्रेममा उनको छाप थियो र त्यो छापमा सहयोगी थिइन् फिल्मकी अभिनेत्री फातिमा सना शेख । यशराज फिल्मस्को ब्यानरमा बनेको यो फिल्ममा निर्देशक विजयकृष्ण आचार्य केवल नाममा मात्रका निर्देशक थिए । किनकि फिल्म रिलिजपछि प्राप्त प्रतिक्रियाले यसको पुष्टि गरेको छ । यो फिल्ममा अभिनय गरिरहँदा फातिमासँग उनको नाम जोडिएपछि त्यो श्रृंखला अहिलेसम्म जारी छ ।

किरणसँग अलग्गिने निर्णय

आमिरको आफ्नो ब्राण्डमा त्यो समय झट्का लाग्यो, जुन बेला अर्थात् कोरोना संक्रमणकालमा उनले दोस्रो पत्नी किरण रावसँग अलग्गिने निर्णय लिए । किरण र आमिरबीच आन्तरिक रुपमा खटपट थियो । त्यसको कारण अभिनेत्री फातिमा नै थिइन् । एक तिहारमा फातिमा आमिरको घर पुगेकी थिइन् । किरणलाई यो कुरा मनपरेन । जसकारण त्यहाँ उपस्थित अन्य पाहुनामाझ हंगामा नै भयो । यही कुराले आमिर र किरणबीच सम्बन्ध बिग्रँदै गएको थियो ।

टर्कीमा सुटिङको निर्णय

टर्कीको खलिफालाई मुसलमानको अलमबरदार बनाउने विषयमा सुरु भएको खिलाफत आन्दोलनको दिनदेखि नै टर्कीलाई लिएर देशमा एक ठूलो वर्गको रिस तीव्र थियो । देशमा फैलिएको कोरोना संक्रमणका बेला आमिर फिल्मको सुटिङको लागि सम्भावना अध्ययन गर्न टर्की जाने निर्णय लिए । यो विषयलाई लिएर उनी सामाजिक सञ्जालमा निकै ट्रोल बने ।

मोबाइल नबोक्ने ढोङ

आमिरले फिल्म रिलिज नभएसम्म मोबाइलको प्रयोग नगर्ने घोषणा गरेका थिए । उनले फिल्मको पोस्ट प्रोडक्सनसम्मको कामलाई राम्रोसँग नियाल्नका लागि यो निर्णय लिएका थिए । केहीले उनको निर्णयलाई स्वागतयोग्य भने पनि अधिकांशले यसको विरोध गरे । आमिरले यो निर्णयसँगै आफ्ना सबै सामाजिक सञ्जाल बन्द गरे । आमिरले आफू जति प्रशंसकसँग टाढिन्छु उति नै उनीहरुले आफूप्रति दूरी बनाउँछन् भन्ने कुरा बुझेनन् ।

ब्राण्डिङमा मनी लण्ड्रिङको दाग

फिल्म रिलिज अघि उनका विरोधीले फिल्मको विरोध गर्ने पूर्ण योजना हप्तौं अघिदेखि नै बनाएका थिए । तर, आमिर खान प्रोडक्सनको मार्केटिङ र पीआर टिम मरुभूतिको अष्ट्रिच बनिरह्यो । आमिरको निजी र फिल्मको ब्राण्ड गर्नमा कुनै किसिमको प्रयास भएन । यहीबीचमा आमिरको फिल्म चीनमा यसकारण रिलिज हुन्छ कि उनीमार्फत भारतमा स्रोत नखुलेको पैसा आउँछ भन्ने हल्लासमेत फिजाइयो । यो कुराको जानकारी मुम्बईको सम्बन्धित् एजेन्सीसम्म पुग्यो ।

अतिरिक्त चतुर्‍याइँले नोक्सान

आमिरलाई उनका नजिककाले बलिउडको जिनियस भनेर नै जहिल्यै प्रस्तुत गर्‍याे । हरेक पटक उनलाई उनी आफ्नो फिल्मको मार्केटिङ गुरु ठान्थे । तर यसपटक उनको टिमले यस्तो कदम उठायो, जुन कदमले सबै काम असफल भयो । सामाजिक सञ्जाल त्यति सक्रिय थिएन, आमिरले मिडियाका माध्यमबाट आफ्नो छवि जुन किसिमले चम्काएका थिए, ती सबै कदम यसपटक उनकै विपरीत भइदियो । आलोचकसँग बनेको उनको दूरी बढ्नु र उनको वरपर हरेक पटक ‘यस सर’ भन्ने व्यक्तिको उपस्थितिले फिल्मलाई ठूलो नोक्सान पुर्‍यायो ।

लाल सिंह चड्ढाअघि हरफनमौला

आमिरका प्रशंसक जुन दिन उनको फिल्मको प्रतिक्षा गरिरहेका थिए, आमिरले आफ्नो साथी अमीन हाजीको फिल्म ‘कोई जाने ना’को ‘हरफनमौला’ गीतमा नाचेका थिए । यो फिल्ममा आमिरले एली अवरामसँग नाच्दा फिल्मलाई कुनै फाइदा पुगेन । बरु उनले आफ्नो छविलाई पुनः गुमाए । उनी तमाम विज्ञापन फिल्ममा देखिए पनि त्यसले खासै केही फरक पारेन ।

पहिलो पत्रकार भेटमा फँसे आमिर

आमिरलाई मार्केटिङ गुरु मान्ने उनको मार्केटिङ र पीआर टिमले फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ सुपरफ्लप भएपछि एक स्थानमा माफी माग्न तयार पारेका थिए । त्यो बेला माफी मागेको भिडियो यसपटक फिल्म ‘लाल सिंह चड्ढा’को रिलिजको दोस्रो दिन नै सामाजिक सञ्जालमा भाइरल बन्यो । फिल्मको विरोध गरिरहेका व्यक्तिहरुले त्यो भिडियोलाई आमिरले यही फिल्मका लागि माफी मागेको भन्दै प्रचार गरे । त्यही प्रचार फिल्मका लागि घातक बन्यो ।

प्रचारबाट गायब अपरेसन ब्लूस्टार

फिल्मको कथाको हिसाबले फिल्मको प्रचार भएको भए सायद यति विरोध हुँदैन थियो । फिल्ममा ‘अपरेसन ब्लुस्टार’पछि भएको सिख दंगामा विशेष केन्द्रित छ । तर, यो मुद्दामा फिल्म प्रचारको कुनै दाबी पुष्टि गरिएको छैन । बीजेपीका लागि यो मुद्दा कांग्रेसलाई कठघरमा खडा गर्ने मौका हुन्थ्यो । तर, आमिर फिल्ममा राजनीतिक रंग दिन चाहँदैन थिए ।

प्रेस शोमा लुकाछिपी

फिल्मका लागि प्रेस शो आमिर महत्वपूर्ण मान्छन् । तर यसपटक फिल्मको प्रेस शोमा उनले सबै समीक्षकलाई खबर गरेनन्  । अधिकांशलाई यसपटक आधा रातमा मात्र खबर पुग्यो । यही लुकाछिपीको असर फिल्मले भोग्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो