2026-10-11 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शुक्रबार ‘लन्डन पव’ मा गुञ्जिँदै अनिल सिंह

भदौ ३, काठमाडौं | गीतसंगीतमा अनिल सिंहको आफ्नै पहिचान छ । विशेष गरी पप गायनमा उनको नाम चर्चामा रहन्छ । 

झन्डै डेढ दशक अगाडि मात्र फर्किने हो भने उनले गाएका गीतसंगीतमा नझुम्ने कमै थिए, जसमा अहिले पनि कमी पाइएको छैन । उनले गीत गाउँदै गर्दा आफूलाई स्थिर बनाउन सक्ने संगीतप्रेमी दर्शक नै छैनन् भन्दा पनि फरक पर्दैन। किनकि उनको गायन शैली र गीत नै त्यस्तै छ । संगीत प्रेमीमार्फत रकस्टारको ट्याग पाएका अनिलको गीतमा रम्नेमा युवापुस्ता धेरै छन् । आफै गाउने र कम्पोज गर्ने भएकाले पनि अनिलको छुटै फ्यान फ्लोअर्स छन् । यिनै अनिलले पछिल्लो समय सार्वजनिक गरेको गीत ‘रेलिमोई’ चर्चामा छ ।

केही समयको तयारीपश्चात् गीतसंगीतमा फर्किँदै छन् उनी । अनिलले छिटै सार्वजनिक गर्ने गरी अहिले गीतको काम गरिरहेका छन् । ‘रेलिमोई’ बोलको गीतमा अनिलको स्वर मात्र छैन, उनी फिचर्ड पनि छन् । यिनै अनिलले शुक्रबार काठमाडौंस्थित ‘लन्डन पव’ मा कन्सर्ट गर्ने भएका छन् । उनले म्युजिकल क्लब टुरअन्तर्गत कन्सर्ट गर्न लागेका हुन् । उनले यसपटक ब्यान्डसँगै कन्सर्ट गर्दैछन् । उनको ब्याण्ड ‘ग्रुभी सोल’ मा भोकलिस्ट अनिल छन् भने किबोर्डमा सुनिल सिंह, लिड गीतारिस्टमा अनिश मानन्धर, बेस गीतारिस्टमा सन्दीप गुरुङ, ड्रमरमा प्रज्वल निर्वाण छन् ।

शुक्रबार बेलुकी ८ बजेबाट सुरु हुने कन्सर्टमा अनिलले आफ्नो हिट गीतहरु प्रस्तुत गर्नेछन् । उनको आई लभ यु, प्रेम पत्र, डुब्न देऊ, इन्जिन गाडीमा, प्रेमिका, मैले जानी सकेलगायतका दर्जन बढी गीत सुपरहिट छन् । ‘योजनाअनुसार नै काम अगाडि बढाइरहेको छु । क्लबहरूमा म्युजिकल टुरपश्चात विदेशमा पनि गर्ने तयारी हुँदैछ,’ अनिलले भने । 

केही समय कन्सर्टमा मात्र केन्द्रीत अनिलले पछिल्लो समय गीतसंगीत सिर्जनामा पनि समय दिइरहेका छन् । ‘हामीले एउटा समयमा गरेको कामसँगै अहिले अपडेट भएर, ट्रेन्ड बुझेर आउनुपर्छ, अनिलले भने । 

आफ्नो गीत र गतिविधिलाई जानकारी गराउने उद्देश्यले उनले ‘म्युजिक स्टेट’ नामक च्यानल बनाएका छन् । ‘म युट्युबको लागि नयाँ छु । किनकि यसको लोकप्रियता बढेपछि म गीतसंगीत लिएर आएको छैन । अब भने सक्रियता बढाउँदैछु,’ उनले भने । साथै, उनले आफ्नो सफल गीत इञ्जिन गाडीमा २ र आई लभ यु २ गीत छिटै दर्शकसमक्ष ल्याउँदै छन् । उनले आफ्नो हिट गीतहरुको नयाँ सिर्जनालाई ‘द ग्रेट हार्मोनिस्ट २’ एल्बममा संग्रहित गर्दैछन् ।

यसपटक उनले आफ्नै हिट एल्बम ‘द रियल हार्मोनिस्ट’ कै नाम सापटी लिँदै एल्बम नै तयार गर्न लागेका हुन् । ‘गीतसंगीतसँगै अन्य कामहरू पनि छन् । सबै योजनाअनुसार नै अगाडि आउने छन्,’ अनिलले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध