2026-10-11 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुम्लाबाट ‘प्रकाश’को वर्ल्ड प्रिमियर

भदौ ३, काठमाडौं | आगामी शुक्रबारबाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘प्रकाश’को आगामी आइतबार अर्थात ५ भदौमा जुम्लामा वर्ल्ड प्रिमियर गरिने भएको छ । फिल्मका निर्देशक जुम्लाको तिर्खु गाँउमा छायांकन गरिएको यो फिल्मको सोही गाउँको मोक्ष माध्यमिक विद्यालयको प्राङगणमा वर्ल्ड प्रिमियर गर्न लागेको बताए । आइतबार हुने वर्ल्ड प्रिमियरका लागि फिल्मका लेखक विकास सुवेदीसहितको टिम शनिबार जुम्ला जाँदैछ ।

फिल्म हेर्न स्थानिय राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, विभिन्न पेशा वयवसायमा आवद्ध व्यक्तिहरुका साथै सम्पूर्ण गाँउबासीलाई निम्ता दिइएको छ । जुम्लाको परिवेशमा कथा भनिएका कारण फिल्मको पहिलो दर्शकका रुपमा स्थानीय जनतालाई रोजेको निर्माण पक्षले जनाएको छ ।

निर्देशक दिनेश राउतले जुम्लाको भाषा, संस्कृति, रहन सहन, रितिरिवाजका माध्यमबाट कथा भनिएका कारण पहिलो दर्शकका रुपमा त्यहीका स्थानीय जनतालाई फिल्म देखाउन लागिएको जनाएका छन् ।

फिल्मको ८ भदौ बुधबार काठमाडौं प्रिमियर गरिने जनाइएको छ । फिल्मले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ ।

दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छाया‌ंकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको फिल्मलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध