भदौ ५, काठमाडौं | अभिनेत्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ५, काठमाडौं | अभिनेत्र"/>
2026-09-19 07:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज रेखा थापाको जन्मदिन, कति वर्ष पुगिन्?

भदौ ५, काठमाडौं | अभिनेत्री रेखा थापाले आज आफ्नो जन्मदिन मनाउँदैछिन्। अभिनेत्री रेखा थापा ४० वर्ष पुगेकी छन् । उनी २०३९ भाद्र ५ गते मोरङमा जन्मिएकी उनी नेपाली फिल्म क्षेत्रकी एक सफल अभिनेत्री हुन् । 

मोरङमा जन्मिएकी रेखाले चलचित्र ‘हिरो’बाट नेपाली रजतपटको यात्रा तय गरेकी थिइन्। पछिल्लो समय राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा रहेकी रेखाको फिल्मी परिचय अभिनेत्री, निर्माता र निर्देशक छ । फिल्म क्षेत्रमा उनलाई हिरोको, हिम्मतवाली र लेडी सिंघम भनेर समेत सम्बोधन गर्ने गरिन्छ । सौन्दर्य प्रतियोगिता हुँदै अभिनयमा भित्रिएकी रेखाले नरेश पौडेलको निर्देशित तथा छविराज ओझाको निर्मित फिल्म ‘हिरो’ बाट अभिनयमा डेब्यू गरेकी थिइन् । २ सय हाराहारी फिल्म अभिनय गरेकी उनले एक्सन अभिनेत्रीको छवि समेत बनाएकी छन् । धेरै हिट फिल्म दिएकी उनले हिरोइनको कारणले पनि फिल्म चल्न सक्छ साबित गर्न सफल भइन् ।

पत्रकारलाई थप्पडदेखि पुष्पकमल दाहाल (प्रचण्ड)सँग नाचेर समय समयमा चर्चा रहेकी उनले केही वर्ष अगाडि निर्माता छविराज ओझासँग छुट्टिएर उनी एक्लै रहदै आएकी उनले गत माघमा बलराम शाहीसँग अदालती विवाह गरेकी हुन् ।

फिल्म क्षेत्रमा राजेश हमालदेखि निखिल उप्रेती, विराज भट्ट, आर्यन सिग्देल लगायत धेरै अभिनेतासँग काम गरेकी रेखाको कुनैपनि हिरोसँग राम्रो सम्बन्ध लामो समय रहन सकेन । स्टारडमको घमन्ड गर्दै सबैसँग सम्बन्ध बिगारेकी रेखा पछिल्लो समय सम्बन्ध सुधार्न तिर लागेकी छन् । कुनै बेला रेखा छोटो पहिरनलगायतका कारण सर्वाधिक चर्चामा थिइन्।

हिरोको वरिपरि नाच्ने परम्परागत नायिका चरित्रलाई बदलेर एक्सन र विद्रोही चरित्र बदल्नमा उनको योगदान छ। अभिनेत्रीको स्टारडम सिर्जना गर्ने काममा उनले महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो