2026-09-19 07:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेरि सुरु हुँदै तेलुगु फिल्मको सुटिङ, कलाकारले अब दैनिक पैसा नपाउने

भदौ ५, काठमाडौं | एजेन्सी | केही समयअघि तेलुगु फिल्म उद्योगले अगस्ट १ बाट फिल्मको सुटिङ बन्द गर्ने घोषणा गरेको थियो । कोरोना महामारीपछि धान्नै नसक्ने गरी फिल्म निर्माणको खर्च बढेको र हलबाट आउने सेयर एकदमै न्यून भएको भन्दै उद्योगको पुनर्संरचनाका लागि तेलुगू फिल्मका निर्माताहरूको संघ एक्टिभ प्रोड्युसर्स गिल्डले यो निर्णय गरेको थियो ।

अब भने अर्को साताबाट फेरि फिल्मको सुटिङ सुरु हुने भएको छ । केही महत्वपूर्ण परिवर्तन गरेर फिल्मको सुटिङ गर्न लागिएको गिल्डले जनाएको छ । गिल्डका अनुसार पहिले जस्तै अब कुनै पनि कलाकारले दैनिक पैसा नपाउने र फिल्म हलमा रिलिज भएपछि कम्तीमा ८ हप्तापछि मात्र ओटीटीमा रिलिज गर्न सकिनेछ ।

केही अगाडि गिल्डले विज्ञप्ति जारी गर्दै समस्याको समाधान नभएसम्म सबै छायाङ्कन कार्य रोक्ने जनाएको थियो । ‘एकपटक सबै फिल्म निर्माताबीच गम्भिरतापूर्वक छलफल हुनु जरुरी छ,’ गिल्डले विज्ञप्तिमा भनेको थियो ‘फिल्मको इकोसिस्टमलाई अझै राम्रो बनाउने र स्वस्थ वातावरणमा फिल्म रिलिज गर्ने सुनिश्चित गर्नु हाम्रो दायित्व हो । यस सम्बन्धमा हाम्रा सबै सदस्यले अगस्ट १ देखि स्वेच्छिक रुपमा सबै छायांकन रोक्ने निर्णय गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो