2026-09-19 07:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवादमा तानिए साउथ सुपरस्टार विजय देवरकोन्डा

भदौ ५, काठमाडौं | एजेन्सी | दक्षिण भारतीय फिल्म ‘अर्जुन रेड्डी’बाट चर्चा कमाएका अभिनेता हुन्, विजय देवरकोन्डा। अहिले उनी आफ्नो नयाँ फिल्म ‘लाइगर’को प्रचारप्रसारमा व्यस्त छन्।

फिल्ममा उनीसँग बलिउड अभिनेत्री अनन्या पाण्डेले काम गरेकी छन्। फिल्मको प्रमोसनमा यी दुई कलाकार लागिपरेका छन्। फिल्म प्रचारका लागि उनीहरू भारतका विभिन्न सहर डुलिरहेका छन्। 

यहीबीच विजय आलोचनाको सिकार हुन पुगेका छन्। पछिल्लो साता हैदराबादमा पत्रकार सम्मेलन गरिरहँदा उनले पत्रकारहरूसँग कुरा गर्दा टेबलमाथि खुट्टा राखेका थिए।

सार्वजनिक ठाउँमा कुराकानी गर्दा यसरी खुट्टा राखेर बस्न नहुने भन्दै उनको आलोचना भइरहेको छ। यही कुराका कारण उनी विवादमा तानिएका छन्। रिसाएका दर्शकले उनको फिल्म ‘बाइकट’ गर्ने मागसमेत गरिरहेका छन्। 

पुरी जगन्नाथको निर्देशनमा बनेको ‘लाइगर’ अगस्त २५ मा रिलिज हुनेछ। यस फिल्मबाट विजयले बलिउडमा पाइला सारेका छन्। ‘स्पोटर्स ड्रामा’  फिल्ममा उनी र अनन्या मुख्य भूमिकामा छन्। विजय बक्सरका भूमिकामा छन् भने फिल्ममा माइक टाइसन अतिथि भूमिकामा देखिनेछन्।

विजयले फिल्मलाई ‘बाइकट’ गर भन्नेहरूलाई सामाजिक सञ्जालमार्फत जवाफ दिएका छन्। ‘जोकोही आफ्नो क्षेत्रमा अगाडि बढ्ने कोसिस गरिरहेको हुन्छ, त्यसलाई पछाडिबाट हमला गरिन्छ,’ उनले सोसल मिडियामा लेखेका छन्, ‘तर हामी लड्छौँ। आफू इमानदार भएपछि आफ्ना र सबैका लागि भलो चिताइन्छ। मान्छेहरूको माया र भगवान्का आशीर्वादले तपाईंको रक्षा गर्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो