2026-10-10 07:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘छक्का पञ्जा ४’ को सहकारी संवाद हटाउन माग गर्दै विकास बोर्डमा उजुरी

फागुन ३०, काठमाडौँ | दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको फिल्म हो ‘छक्का पञ्जा ४’ । दुई साता अगाडिबाट सार्वजनिक प्रदर्शन आएको फिल्मले घरेलु बक्स अफिसमा आक्रामक कमाई गरिरहेको छ ।

विदेशमा मात्र होइन विदेशका पनि थुप्रै देशबाट प्रदर्शनमा आएको फिल्ममा रहेको सहकारी सम्बन्धी एउटा संवाद हटाउन माग गर्दै राष्ट्रिय सहकारी महासङ्घले सोमबार चलचित्र विकास बोर्डमा निवेदन बुझाएको छ । महासङ्घका अध्यक्ष मीनराज कँडेलद्वारा हस्ताक्षरित निवेदनमा सहकारी क्षेत्रको विश्वसनीयतामाथि नै प्रश्न उठाउने खालको संवाद फिल्ममा प्रयोग भएको भन्दै आपत्ति प्रकट गरिएको छ ।

‘छक्का पञ्जा ४’ मा सहकारी सम्बन्धी लाञ्छनायुक्त एवं नारी अस्मितामा खलल पुग्ने संवाद रहेकोमा समग्र सहकारी अभियानको तर्फबाट महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ’ निवेदनमा अगाडि भनिएको छ ‘सहकारी क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उब्जिने उक्त कपोलकल्पित, भ्रामक, तथ्यहीन संवादको घोर भर्त्सना गर्दै भ्रम सिर्जना हुने उक्त संवाद तत्काल हटाउन अनुरोध गर्दछौँ ।

फिल्ममा महिलालाई भाग्ने सहकारीको रूपमा व्याख्या गरिएको संवाद छ । उक्त संवादप्रति सहकारी क्षेत्रका विभिन्न व्यक्तिहरूले आपत्ति जनाउँदै आएका छन् । 

हेमराज बिसीको निर्देशन रहेको फिल्ममा दीपक राज गिरी, बेनिशा हमाल, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुश्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ ।

फिल्मको कथा दीपकराज गिरीले आफैले तयार पारेका हुन् । नरेन्द्र मैनालीले छायाङ्कन रहेको फिल्म निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुतिमा निर्माण भएको फिल्मले राजनीतिक विषय कथाको रूपमा उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध