पढ्न करिब 2 मिनेट लाग्छ

विदेशमा रहेका नेपालीहरुका सम्बन्धित नातेदारहरुले प्रहरी प्रधान कार्यालय चालचलन शाखामा तोकिएको निवेदन फारममा रु.१० को हुलाक टिकट टाँसी निर्धारित समय भित्र निवेदन दिनु पर्नेछ । समय भित्र निवेदन प्राप्त भएपछि सम्बन्धित व्यक्तिको अपराध अभिलेख चेकजाँच को लागि पठाईने छ । अपराधिक अभिलेख परिक्षण भई आएपछि ठीक रहेका पाइएमा निजलाई नेपालमा रहेको अवधि सम्मको प्रहरी चारित्रिक प्रमाणपत्र उपलव्ध गराईने छ र निवेदक स्वयं उपस्थित भई चारीत्रिक प्रमाणपत्र बुझी लानु पर्नेछ । निवेदन दिएको ३ कार्य दिन भित्र प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्न सकिनेछ ।

निवेदन साथ पेश गर्नु पर्ने कागजातहरू:

क) राहदानीको निम्न पृष्ठको प्रतिलिपी थान १/१:

१) पृष्ठ नं – २, ३ तथा ३१ ।

२) अन्तिम पटक नेपाल छोडदाको Nepal Immigration Departure Stamp भएको पृष्ठ ।

ख) नागरिकताको प्रतिलिपी थान १ ।

ग) विवाहित महिलाको हकमा विवाह दर्ता प्रतिलिपी थान १ ।

घ) निवेदकको नागरिकताको सक्कल सहित स्वप्रमाणित प्रतिलिपी थान १ ।

ङ) पासपोर्ट साइजको रंगीन फोटो थान २ ।

* निवेदन वुझाउने समय :- शनिवार तथा सार्वजनिक विदाका दिन वाहेक हरेक दिन विहान १०:०० बजे देखि १४:०० बजे सम्म र शुक्रबार १३:०० बजे सम्म मात्र ।

(फाराम डाउनलोड गर्नुहोस्) >>

https://cid.nepalpolice.gov.np/images/documents/character_forms/form_for_pcr-nep.docx

अथवा

विदेशमा रहेका नेपालीहरु स्वयंले आफू रहे बसेकै स्थानबाट प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्न निम्नानुसारको कागजात संलग्न राखी ([email protected]) निम्न ठेगानामा email पठाउन सक्नुहुनेछ । सम्बन्धित शाखालाई उक्त email प्राप्त भएपश्चात Criminal Record Check गरी निवेदन प्राप्त भएको ३ कार्य दिन भित्र प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्न सकिनेछ ।

निवेदन साथ पेश गर्नुपर्ने कागजातहरु: (Scanned Documents)

क) निवेदन फाराम (Download Here)

https://cid.nepalpolice.gov.np/images/documents/character_forms/form_for_pcr-nep_revised-2075-01-11.docx

ख) राहदानीको निम्न पृष्ठको प्रतिलिपी थान १/१:

• पृष्ठ नं. – २, ३ तथा ३१ ।

• अन्तिम पटक नेपाल छोड्दाको Nepal Immigration Departure Stamp स्पष्ट भएको पृष्ठ ।

ग) नागरिकताको प्रतिलिपी थान १ ।

घ) विवाहित महिलाको हकमा विवाह दर्ता प्रतिलिपी थान १ ।

ङ) पासपोर्ट साइजको रंगीन फोटो । (Maximum Size upto 200Kb)