पढ्न करिब 3 मिनेट लाग्छ

सास | बैदेशिक रोजगारीको लागि विदेश जान सरकारले ४ विकल्पहरु खुला गरेको छ । संस्थागत रुपमा म्यानपावर कम्पनी मार्फत, विदेश गएर फर्किएकाहरुले पुन: श्रम स्वीकृति (रि इन्ट्री) मार्फत, व्यक्तिगत श्रम स्वीकृति र बैधानिकरण गरि श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरिएको छ । संस्थागत रुपमा बैदेशिक रोजगारीमा जानको लागि आवश्यक डकुमेन्ट दिएमा म्यानपावर कम्पनीले नै काम गरिदिने भएपनि अन्य ३ तरिका मार्फत श्रम स्वीकृति लिन व्यक्तिले आँफैले कामहरु गर्नुपर्ने हुन्छ । व्यक्तिगत श्रम स्वीकृति, पुन: श्रम स्वीकृति र बैधानिकरण गरि श्रम स्वीकृति लिन आवश्यक पर्ने डकुमेन्टहरुको जानकारी निम्न छ ।

व्यक्तिगत श्रम स्वीकृति लिनको लागि आवश्यक पर्ने डकुमेन्टहरु:

१. म्याद कायम भएको राहदानी

२. म्याद भएको कामको भिषा

३. काम गर्न जाने रोजगारदाता कम्पनीसंग गरिएको सक्कल करार पत्र कम्पनीको आधिकारिक इमेलबाट [email protected] मा पठाएको संझौता पत्र खाडी मुलुकको हकमा सम्बन्धित देश हेर्ने नेपाली नियोगबाट भिषा प्रमाणित गर्नुपर्ने

४. अनलाईनमा नदेखिने भिषाको हकमा आधिकारिकता प्रमाणित हुनुपर्ने

५. Cuirse को हकमा flight details, ok To boards, Gurentee Letter, Transit visa (Transit visa आवश्यक पर्ने हकमा Transit visa )

६. कामदारको मेडिकल रिपोर्ट

७. अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र

८. बिमा गरेको नयाँ कागजात

९. बैदेशिक रोजगार प्रवर्द्धन वोर्डको कल्याणकारी कोषमा १५०० जम्मा गरेको भौचर

१०. रोजगारदाता कम्पनीको बारे खुल्ने आधिकारिक कागजात

११. साउदीको लागि अकामा (यो एउटा परिचयपत्र हो), कतारको लागि कतार ID को फोटोकपी

बैदेशिक रोजगारीको लागि पुन: श्रम स्वीकृति (रि इन्ट्री) लिई विदेश जाँदा आवश्यक पर्ने डकुमेन्टहरु:

(सोहि देश सोहि कम्पनीमा सोहि पदमा पुन : जाने वा ३ महिना भन्दा बढी अवधि काम गरि सकेका कामदारको लागि )

१. म्याद कायम भएको राहदानी

२. म्याद भएको कामको भिषा

३. पुरानो श्रम स्वीकृति

४. कल्याणकारी कोषमा १५०० जम्मा गरेको भौचर

५. बिमा गरेको नयाँ कागजात

६. रोजगारदाता कम्पनीको बारे खुल्ने आधिकारिक कागजात

७. अध्यागमनको पस्थान तथा आगमन स्ट्याम्प

८. खाडी मुलुक बाहेक अन्य मुलुकमा हकमा बिदामा आउने घरेलु कामदारले घरेलु कामदार पठाउने निर्देशिका २०७२ को अनुसूची ८ बमोजिम कागजात

बैधानिकरण गरि विदेश: जानको लागि आवश्यक पर्ने डकुमेन्टहरु:

१. म्याद कायम भएको राहदानी

२. म्याद भएको कामको भिषा

३. कल्याणकारी कोषमा १५०० जम्मा गरेको भौचर

४. बिमा गरेको नयाँ कागजात

५. ३ महिना बन्द कम काम गरेको अवधि भएमा सक्कल करार पत्र सम्बन्धित कम्पनीको आधिकारिक इमेलबाट [email protected] मा पठाएको संझौता पत्र

६. अध्यागमनको पस्थान तथा आगमन स्ट्याम्प

७. खाडी मुलुक बाहेक अन्य मुलुकमा हकमा बिदामा आउने घरेलु कामदारले घरेलु कामदार पठाउने निर्देशिका २०७२ को अनुसूची ८ बमोजिम कागजात

८. Cuirse को हकमा Flight details, ok To Boards, Gurentee Letter, Transit visa (Transit visa आवश्यक पर्ने हकमा Transit visa )

९. रोजगारदाता कम्पनीको बारे खुल्ने आधिकारिक कागजात

१०. अनलाइनमा नदेखिने भिषाको हकमा आधिकारिकता प्रमाणित हुनुपर्ने