2026-10-27 03:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा प्रथम पटक जाने मान्छेलाई किन डिप्रेशनको खतरा हुन्छ ?

सृजना सुनार | यदि तपाईं पहिलो पटक बैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ भने ‘म डिप्रेशनमा पर्न सक्छु कि ?’ भनेर सतर्क रहनुहोस् । साथै डिप्रेशनमा पार्न सक्ने कुराहरु प्रति जानकारी लिएर मात्र बैदेशिक रोजगारीमा जानुहोस् । बैदेशिक रोजगारमा पहिलो पटक गएका करिब ३०% युवाहरु कुनै न कुनै र केहीनकेहि मात्रामा भए पनि डिप्रेशनको सिकार भएको पाइन्छ । यहाँसम्म कि कसैले यहि डिप्रेशनको कारणले आत्महत्या समेत गर्नेगरेका छन् । 

दुई हप्तासम्म मन लगातार दुःखी र उदास भइरह्यो, दिक्दारी भईराख्यो भने वा अरु लक्ष्यणहरु पनि आयो भने त्यसलाई डिप्रेशन भनिन्छ । निन्द्रा नहुने, खाना नरुच्ने, बोल्न मन नलाग्ने, मन खुसी नहुने, पहिला आफूलाई जे कुरामा खुसी र आनन्द लाग्थ्यो त्यो नहुने, टाउको दुख्ने, मुटु काम्ने, एक्लै बसेर रुन मन लाग्ने जस्ता लक्षणहरु डिप्रेशनका लक्षण हुन् । 

यहाँ बैदेशिक रोजगारीमा गएकाहरुलाई डिप्रेशन हुनुको कारण र बच्ने उपाय बारे चर्चा गरिएको छ ।

डिप्रेशन हुनुको कारण

– नितान्त नयाँ परिवेश र नयाँ वातावरणमा आफूलाई घुलमिल गराउन नसक्नु । भन्छन्, ‘धेरै सुःखमा हुर्किएका मानिसहरु एक्कासी दुःख पाए भने पनि डिप्रेशनमा पर्छन । दुःख पाएकाले एक्कासी सुःख पाए भने पनि यस्तो हुनसक्छ । 

– नेपालबाट बैदेशिक रोजगारीमा जाँदा सोचे अनुरुपको काम तथा तलब नहुनु ।

– कोठामा बस्ने साथीहरुसंग कुरा नमिल्नु वा झगडा भईराख्नु ।

– काममा अनावश्यक दबाब र आत्म सम्मानमा कमी हुनु ।

– निन्द्रा र खान-पिन नेपालमा झैँ नहुनु वा राम्रो नहुनु ।

– नेपालमा जस्तो हावा-पानी अनुकुल नहुनु । 

– नयाँ ठाउँ/परिबेश/नियम/कानुन आदी ज्ञानको अभाव तथा केही गल्ती हुन्छ कि भनी मनोवैज्ञानिक डर हुनु ।

– आफ्नो जीन्दगी बिग्रियो कि भन्ने चिन्ता हुनु ।

– साहुको ऋण तथा घरायसी पिर चिन्ता हुनु । 

– कतिपयको बंशाणुगत रोगनै डिप्रेशन हुनसक्छ । यदी परिवारको बा, आमा, हजुरबा, हजुरआमा अथवा यो भन्दा पनि अघिकोपुस्तालाई कुनै बेला डिप्रेशन भएको थियो भने डिप्रेशन हुनसक्छ। 

– आफू विदेश छँदा कुनै प्रियजनको मृत्यु वा असामान्य रोगले ग्रसित भए पनि त्यसैको चिन्तामा डिप्रेशन हुन सक्छ । 

डिप्रेशनबाट बच्ने उपाय

– नयाँ ठाउँ/परिबेशमा आफूलाई घुलमिल बनाउने प्रयास गर्ने र कुनै असामान्य बिषयलाई विदेशमा यस्तै हो भनेर ignore गर्दिने ।

– सोचे अनुसारको काम र तलब नभएता पनि चित्त बुझाउने र घर फर्कने चिन्ता धेरै नलिने । 

– कोठामा बस्ने अन्य साथीहरुसंग घुलमिल हुने, साथीहरुलाई सम्झाएर मिलनसार भई सकेसम्म रमाइलो वातावरण बनाउने ।

– म काम गर्नै आएको हुँ, जति कामको चाप हुन्छ त्यसलाई सहन सकें भने पछी आफ्नो भविष्यमा आईपर्ने जस्तो सुकै परिस्थितिसँग सामना गर्न सकिन्छ भनेर सोच्ने ।

– खानपिन निन्द्रामा राम्रो ध्यान दिने, लामो समयसम्म फोन वा टेलिभिजनमा व्यस्त नहुने । रुटिन बनाएर कार्यसम्पादन गर्ने । 

– नयाँ ठाउँ/परिबेश अनुसार सामान्य नियम कानुनको ज्ञान लिने र नजानेको कुरा साथीभाईसंग सोध्ने ।

– आफूले गल्ती पनि गर्दिन र कसैसंग पनि डराउदिन भनी मनोबैज्ञानिक डर फ्याक्ने, अनावश्यक डर दबाबमा नबस्ने । 

– आफ्नो भविष्य र जीन्दगीको बारेमा बढि चिन्ता नगर्ने ।

– साहुको ऋण धेरै छ भने पनि बिस्तारै तिर्छु भनि आत्मविश्वास बढाउने ।

– घरायसी चिन्ता बढी छ वा घरबाट बढी दवाव छ भने घरमा मानिसलाई आफ्नो वास्तविक कुरा सेयर गर्ने । यसो गर्दा परिवारले तपाइको बाध्यतालाई बुझेर तपाईलाई बढी दवाव दिदैंनन् । 

– भीटामिन डी प्रसस्त मात्रामा प्राप्त भएको खण्डमा निन्द्रा नियमित तथा मीठोसँग लाग्छ जसका कारण डिप्रेशन हुन पाउँदैन । बाहिर हिडडुल गर्नाले भिटामिन डी प्राप्त हुन्छ । सुर्यको प्रकाशबाट भिटामीन डी प्राप्त हुन्छ । 

– यदि तपाई अध्यारो ठाउँमा लामो समयसम्म काम गर्ने तथा ड्युटी बाहेकको समयमा कोठामा मात्र बस्ने गर्नु भएको छ भने, यसका कारण पनि डिप्रशन हुन सक्ने संभावना अत्यधिक रहन्छ । तसर्थ, भिटामीन डी पाइने खानेकुराहरु खाने गर्नुहोस्, घर बाहिर पनि धेरै समय बिताउने गर्नुहोस् र आफ्नो खानामा अण्डाको मात्रा पनि समाबेस गर्ने गर्नुहोस् । यीनीहरुमा प्रसस्त मात्रामा भिटामीन पाइन्छ ।

– खाने परिकारमा भटमास, कुखुराको मासु, अण्डा, दुध, बदेलको मासु,चिज, दही आदीको प्रयोग बढी गर्नुस् । 

– कुनै पनि घटेका घट्ना दुर्घटना अथवा तनावको स्थितिलाई झेल्न सकियो भने डिप्रेशन हुँदैन ।  

– यदी डिप्रेशन भईसकेको हो भने बिरामीको सुरक्षा पहिलो उपचार हो । यस्तो बेलामा बिरामीमा एकदमै नकरात्मक सोचाइ आउछ । समयमा उपचार गर्ने हो भने यो रोग ठिक हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला