पढ्न करिब 1 मिनेट लाग्छ

बैदेशिक रोजगार सम्बन्धि नयाँ नियम अनुसार बैदेशिक रोजगारीको क्रममा कसैले ठगि गरेमा, चर्को रकम अशुली गरेमा वा कानुन विपरित बैदेशिक रोजगारीमा पठाए वा पठाउन आटेको थाहा पाएमा उजुरी दिन सकिन्छ । त्यस्तो उजुरी आफै सम्बन्धित निकायमा पुगेर वा हुलाक वा बिद्धुतिय माध्यमबाट दिन सकिन्छ । त्यसरी प्राप्त भएको उजुरी विभाग वा कार्यालयले दर्ता गरि कारवाही गर्नुपर्छ ।

त्यस्तो उजुरी कहाँ-कहाँबाट दिन सकिन्छ ?

१. बैदेशिक रोजगार बिभाग

२. सातै प्रदेशका श्रम कार्यालय

३. सम्बन्धित जिल्लास्थित प्रमुख जिल्ला अधिकारी समक्ष

जिल्लाबाटै कसरी हुन्छ कारवाही ?

बिभागमा उजुरी गर्न सकिने मुद्धाहरु सम्बन्धित जिल्लास्थित प्रमुख जिल्ला अधिकारी समक्ष समेत उजुरी दिन सकिन्छ ।

त्यसरी प्रमुख जिल्ला अधिकारी समक्ष परेको उजुरी इजाजत प्राप्त संस्था उपर परेकोमा सात दिनभित्र सो उजुरी विभागमा पठाउनु पर्ने हुन्छ ।

वा प्रमुख जिल्ला अधिकारीले परेको उजुरी सम्बन्धमा जांचबुझ गरि कामदार वा निजको प्रतिनिधिलाई क्षतिपूर्ति भराई दिनु पर्ने देखिएमा दुवै पक्षबीच छलफल गराई क्षतिपूर्ति भराईदिने गरि मेलमिलाप गराउन सक्नेछ ।

यदी मेलमिलाप गराउन नसकेको अवस्थामा वा उजुरीको प्रकृति बाटै मेलमिलाप गराउन मिल्ने नदेखिएमा प्रमुख जिल्ला अधिकारीले सक्कलै उजुरी आवश्यक कारवाहीको लागि बिभाग पठाउनु पर्नेछ ।