वैदेशिक रोजगार बोर्डको व्यवस्थापनमा निशुल्क कल सेन्टर, देश/विदेशबाट गुनाशो गर्न यसो गर्नुस्

साझासवाल
1 Min Read

चैत १५, काठमाडौँ | वैदेशिक रोजगार बोर्डको व्यवस्थापनमा रोजगारबारे बिभिन्न गुनाशो सुन्न निशुल्क कल सेन्टर स्थापनाको तयारि हुँदैछ ।

छिट्टै सञ्चालन हुन लागेको यो सेवाबाट स्वदेश वा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू लाभान्वित हुने बताइएको छ ।

यो सेवाले वैदेशिक रोजगार, प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा, वैदेशिक रोजगार बोर्ड लगायत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतका निकायहरूका सेवा एवं कार्यक्रमहरूबारे कुनै पनि जानकारी लिन, सुझाव दिन वा गुनासो व्यक्त गर्न सकिनेछ ।

गुनाशो वा सुझाव दिनेले सिधै फोन वा इमेल, भाइवर, इमू, मेसेन्जर आदी सामाजिक सञ्जालमार्फत् सिधै सम्पर्क गर्न सक्छन । यसका लागि श्रम मन्त्रालयमा कल सेन्टरको व्यवस्था हुँदैछ र यो सेवा निकट भविश्यमा छिट्टै सञ्चालनमा ल्याइँदैछ । ११४१ नम्बरमा डायल गरी यस्तो सेवा लिन सकिन्छ । हाललाइ NTC प्रयोगकर्ताहरूका लागि यो नम्बरमा डायल गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ भने NCELL प्रयोगकर्ताहरूलाई समेत निशुल्क हुने गरी व्यवस्था गरिदैछ ।

विदेशमा रहेकाहरुले पनि यो सेवा लिन सक्छन । बिदेशमा हुनेले भाइवर, इमो, मेसेन्जर वा +977-1-5970008 बाट सशुल्क सम्पर्क गर्न सक्छन् ।

Share This Article
Leave a Comment

Leave a Reply