पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख ३१, काठमाडौँ | भारत हुँदै तेश्रो मुलुक जाने नेपालीहरुलाई भारत स्थित नेपाली दुतावासले भारतीय अध्यागमन पार गर्दा नेपाली राजदुतावासको सिफारिस पत्र आवश्यक पर्ने जनाएको छ |

दुतावासले जारी गरेको सूचना अनुसार सिफारिस पत्रको लागि बिभिन्न ६ किसिमका कागजात चाहिने जानकारी दिएको छ | सूचना अनुसार नेपालको बाटो नभई भारतको बाटो अपनाउनुको कारण र सम्बन्धित व्यक्तिको हस्ताक्षर सहितको निवेदन, यात्रा गर्नेको राहदानी र त्यसको प्रतिलिपि, गन्तव्य देशको भिसा र हवाई टिकटको प्रतिलिपि आवश्यक पर्दछ |

त्यस्तै भारतको बाटो हुँदै तेश्र्पो मुलुकमा बैदेशिक रोजगारीको लागि जाने हो भने नेपाल सरकारबाट जारी हुने श्रम स्वीकृतिको प्रतिलिपि समेत बुझाउनुपर्ने भएको छ | यस अघि अबैध रुपमा भारतको बाटो हुँदै बैदेशिक रोजगारीमा जानेको शंख्या ठूलो रहेको थियो |

त्यस्तै भारतको बाटो हुँदै पहिले पनि तेश्रो मुलुकमा गएको भए सोको यात्रा अभिलेख (भिषा, आगमन, प्रस्थान आदि) को प्रतिलिपि चाहिने भएको छ |

त्यस्तै अध्ययन, व्यवसायको सिलसिलामा भारतमा रहेका नेपाली नागरिकहरुको हकमा अध्ययन, व्यवसायसँग सम्बन्धित परिचयपत्र तथा कागजात आवश्यक पर्नेछ |

आफ्नो काम अनुसार माथि आवश्यक कागजात पाएपछि मात्र भारत स्थित नेपाली दुतावासले औचित्यको आधारमा राजदुतावासले उपयुक्त सिफारिस पत्र जारी गर्नेछ |

हेर्नुहोस् सूचना