२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा खुलेको कतार भिषा सेन्टर के हो ? कसरी काम गर्छ ? कति शुल्क लाग्छ ? (भिडियो सहित)

२०७६, २० जेष्ठ सोमबार १३:५५

अनिल अधिकारी | जेठ २०, काठमाडौँ | वैदेशिक रोजगारीको लागि नेपाली कामदारको प्रमुख मध्ये एक गन्तव्य कतारले काठमाडौंमा जेठ १५ गतेदेखि 'कतार भिषा सेन्टर'को औपचारिक शुरुवात गरिसकेको छ । आप्रवासी श्रमिक लिने प्रकृयालाई अझै सजिलो बनाउनको लागि कतारले आफ्नो देशमा काम गर्न आउने विभिन्न आठ वटा देशमा करिब २० वटा भिषा सेन्टर निर्माण गर्ने योजना अनुरुप काठमाडौंमा पनि भिसा सेन्टरको औपचारिक शुरुवात गरेको हो ।

यस सम्बन्धि भिडियो अन्तिममा छ… 


नेपालमै कतार भिषा सेन्टर खुलेपछी यसले लिने शुल्कको बिषयमा बिभिन्न टिकाटिप्पणीहरु सुरु भईरहेको बेला साझा सबाल मिडियाले यस विषयमा सम्बन्धित कम्पनीसँग स्पष्ट जानकारी लिएको छ । कतार भिषा सेन्टरले नेपाली कामदारसँग कुनै पनि शुल्क भिषा सेन्टरले नलिने स्पष्ट पारेको छ । कतारमा रहेको रोजगारदाता कम्पनीलेनै भिषा सेन्टरमा लाग्ने सम्पूर्ण शुल्क तिरीसक्ने हुँदा त्यसबापतको शुल्क कतार जाने नेपाली कामदारले तिर्नु नपर्ने नेपालस्थित कतार भिषा सेन्टरका सेन्टर म्यानेजर गौरव क्षेत्रीले साझा सबाललाई बताए । क्षेत्रीले कतार भिषा सेन्टरको अफिसियल वेबसाइटमा उल्लेख भए अनुसारको 'लाउन्ज फी' अर्कै देशको हकमा लागु भएको भन्दै उक्त शुल्क (१३७ डलर) नेपाली कामदारले तिर्नु नपर्ने स्पष्ट पारे । उनका अनुसार कतार भिषा सेन्टरको वेबसाइटमा राखिएको उक्त शुल्कबारे जानकारी नेपालको लागि नभएकोले केहि दिनमा वेबसाइटबाटै हटाइनेछ । क्षेत्रीले भने 'कतार जाने नेपाली कामदारको लागि कतार भिषा सेन्टरले दिने सम्पूर्ण सेवा निशुल्क हुन्छ । यसमा कुनै शंकै नमान्नुस् ।'


उनले बताए अनुसार यस अघि नेपाली कामदारले कतार पुगेपछी गर्ने बायोमेट्रिक र मेडिकल नेपालमै गर्न लागिएको हो । नेपालमा खुलेको भिषा सेन्टरको सेवाले नेपाली म्यानपावर बजार तथा मेडिकल बजारमा कुनै असर नगर्ने उनले दावी गरे । क्षेत्रीले भने 'यो नेपाली कामदारकै हितमा छ । कतिपय नेपाली कामदार रोजगारीको आशामा कतार पुगेर मेडिकल वा बायोमेट्रिक फेल भई रित्तो हात नेपाल फिर्ता हुन अब पर्दैन । किनभने यस अघि कतारमा कामदार पुगेपछि गरिने मेडिकल अब कतार जानु अघि नेपालमै हुन्छ ।' 

अब यस्तो हुनेछ, कतार बैदेशिक रोजगारीमा जाने प्रक्रिया: 

१. पहिले जसरी नेपालमा रहेका म्यानपावर कम्पनीहरुले कतारबाट डिमाण्ड प्रामाणिकरण गरेर ल्याउने गर्थे, उक्त प्रक्रिया यथावत हुनेछ ।

२. म्यानपावर कम्पनीले रोजगारदाता कम्पनीले म्यानपावरलाई पठाएको मागपत्र अनुसार पूर्वस्वीकृति र पत्रिकामा माग भएको जानकारी सहितको विज्ञापन गर्नेछ ।

३. श्रम कार्यालयले दिएको पूर्वस्वीकृति अनुरुप म्यानपावर कम्पनीले कामदारको छनोट पुरानै प्रक्रियामा गर्नेछ ।

४. छनोट भएका कामदारले पुरानै प्रक्रियामा नेपाल सरकारको स्वीकृतिप्राप्त मेडिकल सेन्टरमा पुगेर मेडिकल गर्नेछन् ।

५. कतार जान चाहने कामदारको मेडिकल रिपोर्ट सहितको पुरानै प्रक्रियाका कागजात विवरण म्यानपावर मार्फत कतारमा रहेको रोजगारदाताले पाउने छ र रोजगारदाताले कतारमै भिषा सेन्टरलाई आवश्यक पैसा तिरिदिएर त्यसको रेफरेन्स नम्बर म्यानपावरमा पठाउनेछ । 

६. सोहि रेफरेन्स नम्बर र कामदारको सक्कल पासपोर्ट बोकेर कतार जाने कामदार काठमाडौँमा खुलेको भिषा सेन्टरमा पुग्नेछ र आवश्यक शैक्षिक (प्रमाणिकरण सहितको) तथा आवश्यक कागजात बुझाई नि:शुल्क बायोमेट्रिक सेवा तथा 

मेडिकल गर्नेछ । 

७. भिषा सेन्टरले मेडिकल/बायोमेट्रिक सफल भएको कामदारको विवरण कतार पठाएपछि त्यसैको आधारमा नेपाली कामदारको भिषा जारी हुनेछ ।

८. भिषा आएपछि कामदार अब कतार कामदार भिषामा जानको लागि योग्य हुनेछ । म्यानपावरले अब पुरानै प्रक्रियाले कामदारलाई कतार पठाउनेछ । 

यसरी कतार पुगेका कामदारले कतार पुगेर छुट्टै वायोमेट्रिक तथा मेडिकल गरिराख्नुपर्दैन जसको कारणले कामदार कतारको कम्पनीमा पुगे लगतै काम सुरु गर्न थाल्छ । कतार पुगेको नेपाली कामदारमा पहिले जस्तो कतारमा गरिने मेडिकल फेल हुने वा बायोमेट्रिकको कारण नेपाल फिर्ता हुनुपर्ने भन्ने समस्याको अन्त्य हुन्छ । किनभने यसअघि कतारमा पुगेर गरिने मेडिकल तथा बायो मेट्रिकको सेवा कामदारको भिषा जारी हुनु अगावै नेपालको भिषा सेन्टरले प्रदान गरिसकेको हुन्छ ।  


कतारको भिषा सेन्टर काठमाडौँमा खुलेपछी बिभिन्न संचार माध्यमहरुले अब कतारको रोजगारी खोज्ने कामनै भिषा सेन्टरले गर्ने भन्दै समाचार लेखेका थिए । यस बिषयमा कतार भिषा सेन्टर, काठमाडौँले आफूहरुले बायोमेट्रिक र मेडिकल गर्ने बाहेक अन्य कुनै काम नगर्ने र कुनै पनि नाममा शुल्क नउठाउने स्पष्ट पारेको छ ।

यस बिषयमा थप जानकारी र कतार भिषा सेन्टरको प्रक्रियाबारे थप स्पष्ट जानकारी तलको भिडियोमा हेर्न सक्नुहुनेछ । 

VIDEO LINK >> CLICK HERE

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी