2026-11-02 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

‘लुम्बिनी प्रदेशमा फागुनसम्ममा सबैलाई खोप’

माघ १०, रुपन्देही | लुम्बिनी प्रदेशका स्वास्थ्य जनसङ्ख्या तथा मानव कल्याणमन्त्री इन्द्रजित थारूले आगामी फागुन महिनासम्म प्रदेशका सबै नागरिकलाई खोप प्रदान गरिने बताउनुभएको छ ।

उहाँले ८५ प्रतिशतलाई पहिलो खोप लगाएको र दोस्रो खोप ७० प्रतिशतलाई लगाइएको जानकारी दिँदै १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पहिलो मात्रा दिने तयारी गरिएको बताउनुभयो । दोस्रो खोप लगाएकामा कोरोना सङ्क्रमणको सङ्ख्या र त्यसको जोखिम पनि कम भएको बताउँदै मन्त्री थारुले खोप प्रदान गर्ने कार्यलाई द्रूत गतिमा अगाडि बढाइएको जानकारी दिनुभयो ।

रिपोटर्स क्लब लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले पहिलो खोप लगाएकामध्ये दुई प्रतिशत र दुवै खोप लगाएकामध्ये एक प्रतिशतको मात्र मृत्यु भएको बताउनुभयो । 

उहाँले ग्रामीण भेगका नागरिकमा चेतनाको अभावले गर्दा खोप लगाउनेको सङ्ख्या पूर्ण हुन नसकेको जनाउँदै स्थानीय तहको समन्वयमा नागरिकलाई खोजी गरेरै खोप लगाउने तयारी गरिरहेको उल्लेख गर्नुभयो । 

पूर्वस्वास्थ्य मन्त्री तथा एमाले संसदीय दलका सचिव भोजप्रसाद श्रेष्ठले लुम्बिनी प्रदेश सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर नभएको धारणा राख्नुभयो । उहाँले नागरिकलाई खोप लगाउने विषय, कोभिड नियन्त्रण तथा व्यवस्थापन, स्थानीय पालिकासँग समवन्य र परिचालनका साथै कर्मचारी परिचालनमा प्रदेश सरकारको भूमिका कमजोर भएको टिप्पणी गर्नुभयो । 

उहाँले प्रतिपक्षले महामारीमा सरकारका योजना तथा मन्त्रीले ल्याएका कार्यक्रम कार्यान्वयनमा सहयोग र सहकार्य गर्न तयार रहेको जनाउँदै बजेट जोगाउने नाममा जनताका सुविधा कटौति गर्ने र विगतको सरकारले ल्याएका राम्रा योजना कटौती गर्न नहुने बताउनुभयो ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले कोरोना नियन्त्रण, व्यवस्थापन तथा पूर्वतयारीमा सरकार असफल भएको र कोभिड नियन्त्रणको विषयले महत्व नपाएको आरोप लगाउनुभयो । लुम्बिनी मेडिकल कलेजका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलले महामारीमा निजी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई उपेक्षा गरेको बताउनुभयो । 

नेपाल जनस्वास्थ्यकर्मी सङ्घका केन्द्रीय सहकोषाध्यक्ष उमा थापाले  विश्व नै कोरोनाबाट आक्रान्त भइरहेको समयमा स्वास्थ्यकर्मीले चौबिसै घण्टा खटेर काम गर्दा पनि मूल्याङ्कन नभएको गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द