२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

टाइफाइडविरुद्धको खोप अभियान, नियमित खोपको संख्या १३ पुग्यो

२०७८, २० चैत्र आईतवार १४:३६


 चैत्र २०, भैरहवा | रुपन्देहीमा चैत २२ गतेदेखि टाइफाइड रोगविरुद्ध खोप दिन लागिएको छ । २ वटा नियमित खोपबाट सुरुवात गरिएको नेपालमा १३ ओँ नियमित खोपको रुपमा टाइफाइड रोगविरुद्ध खोप लिइएको हो । सुरुवातमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई लक्षित गर्दै खोप अभियान सञ्चालन गर्न लागिएको हो । 

२०३४ सालबाट खोप लगान सुरु भएको नेपालमा सूरुवातमा २ वटा खोप नियमित लगाइने गरिएकोमा अहिले १३ औ खोपको रुपमा टाइफाइड रहेको छ । अहिले सम्मको तथ्याङमा रुपन्देहीमा कोही पनि खोप लगाएको कारण ज्यान गएको छैन । अभियान पछि यो खोपलाई अरु खोप जस्तै नियमित खोपमै राखिने छ । टाइफाइडबाट नेपालमा मृत्युदर बढि भएकोले खोपबाट यसलाई न्यूनिकरण गर्न सकिन्छ, नेपालमा पहिलो पटक टाइफाइडको खोप सुरुवता गर्न लागिएको छ । 

पहिलो चरणमा चैत २२ गतेदेखि बुटवल उपमहानगरपालिका, लुम्बिनी साँस्कृतिक, सिद्धार्थनगर, देवदह, सैनामैना नगरपालिका, गैडहवा, कञ्चन, शुद्धोधन, मायादेवी, कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ । खोप अधिकृत भेषराज शर्माका अनुसार दोस्रो चरणमा वैशाख ६ गतेदेखि १४ गतेसम्म तिलोत्तमा नगरपालिका, ओमसतिया, रोहिणी र सियारी गाउँपालिकामा अभियान सञ्चालन गरिने छ । 

जिल्लामा २ लाख ६६ हजार ५१८ जना लक्षित समूह रहेका छन् । उनीहरुका लागि ९६६ खोपकेन्द्रबाट खोप लगाइने जसमा १ हजार ३३३ स्वास्थ्यकर्मी, ९६६ शिक्षक, ९६६ शिक्षिका, १५८ जना स्वास्थ्य कर्मी, सुपरिवेक्षक तथा सहयोगी संघसंस्था केन्द्रमा खटिने छन् । बालबालिका लक्षित खोप अभियान भएका कारण अधिकांश खोप कन्द्रहरु विद्यालयमा सञ्चालन गरिएको खोप अधिकृत शर्माले जानकारी दिए ।

देशभर चैत २२ गतेदेखि खोप अभियान सञ्चालन गर्ने भनिए पनि विद्यार्थीहरुको वार्षिक परीक्षा सञ्चालन भइरहेका कारण सम्बन्धित जिल्लाहरुको सहजता अनुसार फरक–फरक मितिमा अभियान सञ्चालन गरिएको छ । स्थानीय तहको निर्वाचन, वैशाख महिना विद्यालयको शैक्षिक सत्रको अन्त्य हुने महिना भएको, एसईई परीक्षा २०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म हुने, जेठ महिनापछि कार्यक्रम सञ्चालन गर्न वर्षायामको कारणले कठिनाइ हुने कारणले वैशाख १८ भित्र सम्पन्न गर्नुपर्ने शर्माले बताए । टाइफाइड रोगबाट बच्नका लागि नेपालमा पहिलो पटक खोप सञ्चालन गर्न लागिएको छ ,अभियान पछि यसलाई नियमित खोपमा राखिने छ 

टाइफाइडका कारण अन्य उमेर समूहभन्दा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरु धेरै प्रभावित भएका कारण सोही अनुसार खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरब ढकालले भने । चुनौती भए पनि सबै मिलेर टाइफाइड रोगविरुद्धको खोप अभियानमा ९५ प्रतिशतलाई सरिक गराउने हिसाबले तयारीभएको बताए, स्थानीय तहसँगको समन्वयमा यो अभियान सपल हुनेमा विश्वस्त रहेको बताए । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह