२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीका वरिष्ठ साहित्यकार तथा प्राज्ञिक ब्यक्ति शशी पन्थी सम्मानित

२०७५, २६ भाद्र मंगलवार १३:३७

प्रेम सुनार | भदौ २६ गुल्मी | गुल्मीका वरिष्ठ साहित्यकार तथा प्राज्ञिक ब्यक्ति शशी पन्थीलाई पत्रकारहरुको एक संगठनले आज सम्मान गरेको छ । नेपाल प्रेस युनियन गुल्मीले आज आफ्नो  सातौं जिल्ला अधिवेशनका अवसरमा पन्थीलाई सम्मान गरेको हो ।

रेसुङ्गा बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख पन्थीले लामो समय देखि साहित्यको क्षेत्रमा निरन्तर कलम चलाउँदै आएका छन । १७ बर्षको उमेरमा आज भन्दा झण्डै ५० बर्ष अघि उनले तम्घासमा पहिलो पटक किरण पुस्ताकालय स्थापना गरेर हाल सम्म उक्त पुस्ताकालय जिल्ला कै गहनाका रुपमा क्रियाशिल छ ।

सोही पुस्ताकालय मार्फत उनले हाम्रो पुरुषार्थ नामक पाक्षिक पत्रिका चलाउँदै आएका छन । जुन पत्रिका राष्ट्रिय स्तर मै क वर्गमा पर्न सफल भएको छ । उनले क्याम्पसमा पढाएका धेरै जना अन्य शहर र ठुला जागिर  र ब्यवसायहरु ताकेर हिडे तर उनि आफ्नै जिल्लामा बसेर साहित्य क्षेत्र र अध्यापन पेशामा अनवरत सक्रिय छन ।

उनको योगदानका बारेमा हामीले तिन दिन अघि मात्र समाचार सम्प्रेषण गरे लगत्तै प्रेस युनियन सहित धेरै संघ संस्थाले उनको योगदानको कदर गर्ने सोच बनाएका छन । उनले रेडक्रश सोसाईटीको क्षेत्रमा पनि निरन्तर सक्रिय रहेर मानव उद्धारमा अतुलनिय योगदान पुराउँदै आएका छन ।


उनि सोसाईटीका पुर्व केन्द्रिय उपाध्यक्ष र वर्तमान केन्द्रिय सदस्य हुन । उनि २०३० साल देखि सो संस्थामा अवद्ध छन । उनको घर तम्घास कै धागीथुममा पर्छ । अध्यात्मिक स्वभावका उनि राजनीतिमा कम सक्रिय र समाज सेवामा बढि चासो दिन्छन । उनि संगै प्रेस युनियनले सोही संगठनका पत्रकार जनार्दन घिमिरेलाई उत्कृष्ट पत्रकारका रुपमा सम्मान गरेको छ ।

पाल्पाबाट प्रकाशित जनचेतना दैकिका प्रधान सम्पादक जगदिश भट्टराईले स्थापना गरेको ग्रामिण जनचेतना पुरस्कार पत्रकार होमत्यागी –(भण्डारी ) ले प्राप्त गरेका छन । रामप्रसाद पन्थीका पिताको स्मृति पुरस्कार  सञ्चारकर्मी मनु सुनारलाई प्रेस युनियनले  दिएको छ ।  उनिहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व सांसद चन्द्र भण्डारीको हातबाट पुरस्कृत र सम्मानित गराईएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु