2026-10-15 06:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

रक्सि सेवनगर्दा कुवेतमा ६ नेपालीसहित १३को मृत्यु,मिर्गौला देखि दृष्टिदोषका लक्षण

काठमाडौँ | कुवेतमा अवैध तथा विषाक्त मदिरा सेवनका कारण ६ जना नेपालीसहित १३ जना एसियाली नागरिकको मृत्यु भएको छ। कुवेतस्थित नेपाली दूतावासले घटना पुष्टि गर्दै थप विवरण संकलन भइरहेको जनाएको छ।

दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार, मृतकमध्ये अधिकांश भारतीय र केही नेपाली रहेका छन्। “केही शव अस्पतालमा छन्, धेरैजना उपचाररत छन्। मृतक नेपाली कुन कम्पनीमा कार्यरत थिए भन्ने जानकारी बुझ्ने काम भइरहेको छ,” उनले भने।

नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्लका अनुसार, मृत्यु हुने ६ नेपालीमध्ये ५ पुरुष र १ महिला छन्। दुईको मृत्यु आदान अस्पतालमा भएको छ भने चार जना सालबिया क्षेत्रमा कम्पनीको मजदुर शिविरमै मृत अवस्थामा फेला परेका छन्।

कुवेती सञ्चारमाध्यमका अनुसार, गत शनिवारदेखि विषाक्त मदिरा सेवन गरेर बिरामी हुनेको संख्या बढ्दै गएको छ। स्वास्थ्य मन्त्रालयका तथ्यांक अनुसार बुधवारसम्म ६३ जना अस्पताल भर्ना भएका छन्। तिनमध्ये १३ जनाको मृत्यु भएको छ भने ३१ जना भेन्टिलेटरमा गम्भीर अवस्थामा छन्। ५१ जनाले मिर्गौला डायलाइसिस गराइरहेका छन् र २१ जनामा आंशिक वा पूर्ण दृष्टिदोष देखिएको छ।

प्रारम्भिक अनुसन्धानमा मदिरामा मेथानोल प्रयोग भएको फेला परेको छ। मेथानोल उद्योगमा एन्टिफ्रिज, सोल्भेन्ट र इन्धन बनाउन प्रयोग हुने रसायन हो, जसको सेवनले टाउको दुखाइ, बान्ता, दृष्टिदोष, कोमा र मृत्यु समेत हुन सक्छ। सामान्य मदिरामा पाइने एथानोल भने मानव उपभोगका लागि प्रयोग गरिन्छ।

कुवेतमा मदिरा पूर्ण रूपमा प्रतिबन्धित भए पनि अवैध रूपमा उत्पादन र बिक्री हुने गरेको छ। स्वास्थ्य मन्त्रालयले विषाक्त मदिराको स्रोत पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ।

यसअघि पनि कोरोना महामारीको समयमा यस्तै विषाक्त मदिरा सेवनका कारण १२ जना नेपालीको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने