मङ्सिर ३, काठमाडौँ | लोडसेडीङको अन्त्यको लागि सरकारले अभियान थालेसँगै बिद्युतमा हुने कालो बजारी र बिद्धुत चोरीमा संलग्नहरुसंगको पर्दाफास हुँदै गएका छन् । यसै क्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३, काठमाडौँ | लोडसेडीङको अन्त्यको लागि सरकारले अभियान थालेसँगै बिद्युतमा हुने कालो बजारी र बिद्धुत चोरीमा संलग्नहरुसंगको पर्दाफास हुँदै गएका छन् । यसै क्र"/>
2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

भक्तपुरमा नारायणमान बिजुक्छेको पार्टी नै विद्युत् चोरीमा संलग्न

मङ्सिर ३, काठमाडौँ | लोडसेडीङको अन्त्यको लागि सरकारले अभियान थालेसँगै बिद्युतमा हुने कालो बजारी र बिद्धुत चोरीमा संलग्नहरुसंगको पर्दाफास हुँदै गएका छन् । यसै क्रममा भक्तपुर् जिल्लामा नारायणमान बिजुक्छेको पार्टीको योजनामा नै विद्युत् चोरी गरिएको छ । 

विद्युत् चोरीमा संलग्नलाई कानुनी कारवाहीको लागि प्रक्रिया सुरु नगरे विजुक्छेको पार्टीलाई नै प्राधिकरणले कालो सूचीमा राखेर कारवाहीको प्रक्रिया सुरु गरिने जनाएको छ । नेपाल मजदुर किसान पार्टीको योजनामा नै भक्तपुरमा विद्युत् चोरी हुने गरेको छ भने ग्रामीण क्षेत्रको विद्युत् चोरीमा एमाले अध्यक्ष खड्ग ओलीको विश्वासपात्रका रुपमा रहेका महेश बस्नेतको योजनामा विद्युत् चोरी हुने गरेको छ । विद्युत् चोरी नगर्न र चोरीमा संलग्नलाई कानुनी दायरमा ल्याउन उनीहरुलाई समेत सेचत गराइएको छ ।

यस्तै बारा, पर्सा, रौतहट, सिराहा, सप्तरी, महोत्तरी, धनुषा र चितवनमा समेत ७० प्रतिशत भन्दा बढी विद्युत् चोरी हुने गरेको छ । ती जिल्लाको विद्युत् चोरीमा समेत कर्मचारी यूनियन र राजनीतिक दलका नेताको संलग्नता रहेको छ । तराईका विशेष गरी आठ जिल्ला बढी विद्युत् चोरी हुने गरेको छ भने चितवन समेत विद्युत् चोरीका लागि कुख्यात रहेको छ । ती जिल्लाका राजनीतिक दलको संलग्नतामा हुने गरेको विद्युत् चोरीलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरिएको छ । 

उनीहरुलाई कारवाही प्रक्रियामा नल्याए प्राधिकरणले प्रहरी प्रशासनको सहयोगमा कारवाहीको प्रक्रिया सुरु गर्ने जनाएको छ । प्राधिकरणका अनुसार कुल विद्युत् आपूर्तिको २५ प्रतिशत विद्युत् चोरी र चुहावट हुने गरेको छ त्यो भनेको कुल जडित क्षमता ९०० मेगावाट मध्ये २२५ मेगावाट हो । उक्त परिमाणको विद्युत् नियमित उपलब्ध हुन सके काठमाडौँ उपत्यकालाई सहज रुपमा विद्युत् उपलब्ध गराउन सकिन्छ । 

तर कर्मचारी यूनियनका नेताको दबावमा विद्युत् चोरहरुलाई उम्काउने गरिएको छ । विद्युत् चोरी गर्नु अपराध भएपनि सोही अपराध गर्न काँग्रेस र एमाले सम्वद्ध यूनियनका नेताहरु लागेका छन् । उनीहरुलाई पहिलो निशाना बनाउने प्राधिरणले तयारी गरेको बताइन्छ । – सास/जनआह्वान साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई