माघ सर्लाही । सर्लाहीको लक्ष्मीपुरकी ३५ बर्षिया सरिता चौधरी (नाम परिवर्तन) लाई जहिले पनि दिक्क मात्रै लागिरहन्छ । 

राति निद्रा पनि पर्दैन । काम गर्न ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ सर्लाही । सर्लाहीको लक्ष्मीपुरकी ३५ बर्षिया सरिता चौधरी (नाम परिवर्तन) लाई जहिले पनि दिक्क मात्रै लागिरहन्छ । 

राति निद्रा पनि पर्दैन । काम गर्न ज"/>

2026-09-12 06:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

‘परदेशीबाट धेरै पैसाको आशा नगर्नुस्’

माघ सर्लाही । सर्लाहीको लक्ष्मीपुरकी ३५ बर्षिया सरिता चौधरी (नाम परिवर्तन) लाई जहिले पनि दिक्क मात्रै लागिरहन्छ । 

राति निद्रा पनि पर्दैन । काम गर्न जाँगर पनि चल्दैन । यसले कहिले काँही त आत्महत्या गर्ने सोच पनि आउँछ उहाँलाई । त्यतिबेला उहाँ ३ जना छोरालाई सम्झिनुहुन्छ अनि आफूलाई सम्हाल्नुहुन्छ ।  

उहाँलाई यस्तो तनाव ५ महिना अघि मलेसिया गएका श्रीमानले भने अनुसारको काम र तलब नपाउँदा सुरु भएको हो । श्रीमानले भनेको अनुसारको काम र तलब पाएनन् तर जाँदा लागेको एक लाख २० हजार रुपैयाँ ऋणको सय कडा तीन रुपैयाँका दरले ब्याज बढिरहेको छ । 

सरिताको दिमागमा यही कुरा मात्रै खेलिरहन्छ । त्यसैले उहाँ कसैसँग पनि बोल्नुहुन्न । कोही बोलेको सुन्यो भने रिस उठ्छ भन्नुहुन्छ उहाँ । ४ महिना अगाडि श्रीमान् विदेश जाने बेलाको जस्तो जोश जाँगर उहाँमा छैन । 

गौरीशंकरकी ललितादेवी राम ३० बर्ष मात्रै पुग्नुभएको छ । तर झट्ट हेर्दा ५० बर्ष पुगेको जस्तो देखिनुहुन्छ । अचेल निकै कम बोल्न थालेकी ललितादेवी एकान्तमा र एक्लै बस्न मन पराउनुहुन्छ । उहाँलाई जति बेला पनि तीन महिना अघि मलेसिया गएर भनेको तलब नपाएका श्रीमानकै याद आउँछ ।  यही तनावले गर्दा ललितादेवीलाई केही गर्ने आँट आउँदैन । उहाँलाई श्रीमानलाई विदेश पठाउने एजेण्टका बारेमा केही थाहा छैन । अनि कुनै कागजपत्र पनि छैन । 

घटनाका स्वरुप भिन्न भिन्न छन् तर त्यसले निम्त्याएको सिङ्गो पाटो एउटै छ । त्यो हो मनोरोग । माथिका घटना प्रतिनिधि घटना मात्रै हुन् । विदेशमा पुगेर अप्ठ्यारोमा परेका, कमाई गर्न नसकेका र पैसा पनि पठाउन नसकेका धेरै परदेशीका घरमा  यस्तै समस्या भेटिन्छन् । यस्ता समस्याले गर्दा परिवारको दैनिक, व्यवहारिक, सामाजिक जीवनयापनमा असर पर्ने नै भयो । समस्या लामो समय रहँदा विस्तारै विस्तारै मनोरोगको लक्षण देखिन थाल्छ ।

आफन्त विदेश जाँदा परिवारका सदस्यहरुको सपना हुन्छ उसले कमाउँछ अनि परिवारको अवस्था सुध्रिन्छ । तर अवस्था त्यसको विपरित भयो भने त्यसको प्रत्यक्ष असर नेपालमा रहेका परिवारका सदस्यहरुमा पर्छ । 

अझ  भनौ विदेशिने व्यक्तिलाई यस्तो समस्याले बढीनै गाँज्छ । त्यसैले यस बारे सचेत हुनुपर्छ । विदेश जानेले पनि जानु अघिदेखि नै धेरै कमाउने सपना देख्नुहुँदैन अनि परिवारका सदस्यले पनि विदेश गएकाहरुबाट पैसाको मात्रै आशा राख्नु हुँदैन । नत्र मनोरोगको सिकार हुन सक्छ । उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस