माघ १८, काठमाडौं । ७८ वर्षीय दुलाहा, ४३ वर्षीया दुलही । लौरो टेक्दै अघि लागेका श्रीमानको हात समाउँदै खुसी र उमंगसहित पछिपछि श्रीमती । जन्तीको लस्करमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 माघ १८, काठमाडौं । ७८ वर्षीय दुलाहा, ४३ वर्षीया दुलही । लौरो टेक्दै अघि लागेका श्रीमानको हात समाउँदै खुसी र उमंगसहित पछिपछि श्रीमती । जन्तीको लस्करमा "/>

2026-09-02 12:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाउँ निकाला गर्ने नै जन्ती गएपछि…


 माघ १८, काठमाडौं । ७८ वर्षीय दुलाहा, ४३ वर्षीया दुलही । लौरो टेक्दै अघि लागेका श्रीमानको हात समाउँदै खुसी र उमंगसहित पछिपछि श्रीमती । जन्तीको लस्करमा थिए प्रमु्ख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानासहित दर्जनौं अधिकारकर्मी र स्थानीय ।

अन्तर्जातीय र फरक उमेर बीचको प्रेम सम्बन्ध खुलेपछि गत पुस १ मा गाउँबाटै धपाइएका अर्वेनी ५ का लालबहादुर सुनार र साबित्रा न्यौपानेबीच बाजागाजाका साथ शनिबार दोस्रो विवाह भएको हो । अधिकारकर्मी र स्थानीयकै पहिलमा दम्पत्तिलाई पञ्चेबाजासहित पुनःस्थापना गरिएको हो ।

गाउँ निकालासँगै भत्काइएको उनीहरुको घर पनि स्थानीय समुदायबाटै निर्माण गरिएको छ । खरले छाएको पुरानो घर भत्के पनि अहिले टिनको छाना, दुई कोठा र शौचालयसहित चिटिक्कको घर पनि निर्माण भएको छ ।

लालबहादुर र साबित्रालाई स्थानीय राजनीतिक दलका प्रमुखसहित गाविस कार्यालयमै उपस्थित भएर छलफल गराई विवाह गरेको कागज गराएर गाउँमा बस्न नदिई निकाला गरिएको थियो । बाहुन परिवारकी महिला दलित वृद्धसँग लागेको आरोपमा सावित्राका भतिज चिन्तामणि न्यौपानेकै अगुवाइमा घर समेत भत्काउन लगाइएको थियो । 

प्रहरीमा सार्बजनिक अपराध अन्तर्गत निवेदन दर्ता भए पनि समाजमा पुनःस्थापित गर्ने दिनसम्म चिन्तामणि र गाविस सहायक झविलाल न्यौपाने फरारकै सूचीमा छन् । उजुरी परेका दुबै फरार रहे पनि कुनै न कुनै दिन पक्राउ पर्ने र कारबाही पनि हुने प्रजिअ ढुंगानाले बताए । कान्तिपुर दैनिक  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली