पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/posts/c437d9cc2410fcdbc5ab2799bc381c921486865606.jpeg" style="width: 282px; float: left;"><b>फागुन १, बैतडी | </b>बैतडीको मेलौली गाविस ८ खोचा निवासी ८० बर्षीया द्रोपती चन्द हर्षित मुद्रामा भेटिइन। जिल्ला प्रशासन कार्यालयको संयोजनमा कुलाउमा सञ्चालन भएको एकीकृत घुम्ती शिविरबाट नागरिकता पाएपछि उनी हर्षित भएको समाचार छ।<br></p><p>उमेरले थलिएको शरीर, चाउरी परेको अनुहारमा नागरिकता प्राप्त गरेपछि निकै चमक थियो । ‘यो उमेरमा नागरिकता पाएँ, सरकारले गाउँमै आएर सेवा दियो’, उनले भनिन्, ‘गाउँमै सरकारी टोली आएपछि नागरिकता बनाउन पाउँदा खुशी नहुने कुरै भएन ।’</p><p>चन्दले द्रोपतीका छोरा रमेशबहादुर चन्द शिविरमा आमालाई लिएर नागरिकता बनाउन पुगेका थिए । ‘अहिलेसम्म हामीले पनि खास मतलब गरेका थिएनौं, तर गाउँमा शिविर आएपछि आमाले नागरिकता बनाउने कुरामा कर गर्नुभयो, बुढेसकालमा आमाले नागरिकता पाउँदा म पनि धेरै खुशी छु,’ उनले भने- अन्नपूर्ण </p>

