२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एउटै डोरीमा आमाछोराले आत्महत्या गर्नुको कारण यस्तो रहेछ !

२०७४, २८ बैशाख बिहीबार ०१:४७


बैशाख २८, गुल्मी । छत्रकोट गाउँपालिका–२ पल्लीकोटमा गत शुक्रबार आमाछोरा एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परे । 

साँझ पौने ६ बजे पल्लीकोटकी २० वर्षीया शीतल परियार र उनका दुई वर्षीय छोरा प्रवेश झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रहरीले मंगलबार मात्र घटना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भोलाबहादुर रावलका अनुसार पहिलाछोरालाई प्लास्टिकको डोरीले पासो लगाएर पछि आमाले त्यही डोरीमा पासो लगाई आत्महत्या गरेको अनुसन्धानबाट खुल्न आएको हो ।

शीतलका श्रीमान् पदम रोजगारीका लागि दुबईमा छन् । घरायसी विवाद बढ्दै गएकाले मानसिक तनाव सहन नसकेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँट प्रमुख प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले बताए । केही महिनाअघि सानो एउटा घर बनाएको ५०–६० हजार ऋण थियो । त्यसैलाई लिएर श्रीमान्ले बारम्बार फोनमा तनाव दिने गरेको बुझिएको यादवले बताए । शीतलका ४२ वर्षीय ससुरा कासीराम परियारले जाहेरी दिएका छन् । छोरो वैदेशिक रोजगारीमा रहेका वेला बुहारी र नातिको मृत्युले पीडा दिएको उनले बताए । उनले छोराबुहारीबीचको खटपट आफूलाई जानकारी नभएको बताए ।

१० महिनामा ३८ ले गरे आत्महत्या

गत साउनदेखि अहिलेसम्म जिल्लामा ३८ जनाले आत्महत्या गरेको तथ्यांक जिल्ला प्रहरी कार्यालयमा छ । साउनमा चार, भदौमा चार, असोजमा तीन, कात्तिकमा तीन, मंसिरमा पाँच, पुसमा चार, माघमा ६, फागुनमा चार, चैतमा दुई र २४ वैशाखसम्म तीनजनाले आत्महत्या गरेका छन् ।

गत तीन वर्षको तथ्यांकलाई तुलना गर्ने हो भने आर्थिक वर्ष ०७०-७१ मा ५४ जनाले आत्महत्या गरेका छन् । त्यस्तै ०७१-७२ मा ४८ र ०७२-७३ मा ६७ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले आत्महत्या ठूलो समस्या भएको बताए । तीन–चार वर्षमा जिल्लाको आत्महत्याको दर अत्यन्तै उच्च रहेको उनले बताए । ‘कुनै महिना आत्महत्या नभएका छैनन्, कहिले त एकैदिन दुई–तीनवटा पनि भए,’ नेपालले भने, ‘अवस्था न्यूनीकरणमा पहल कतैबाट छैन ।’ पछिल्लो सामाजिक सञ्जालले ल्याएको विकृति, वैदेशिक रोजगारपछिको पारिवारिक विचलन, आधुनिक पुस्ताको बढ्दो महत्वकांक्षालगायत कारण आत्महत्याका घटनामा वृद्धि भएको उनले बताए ।

मानवअधिकारकर्मी गणेश श्रेष्ठले आत्महत्याको गम्भीर समस्या रहेकाले सरकारी तथा गैरसरकारी कार्यालय र सरोकारवालको ध्यान पुग्न जरुरी रहेको बताए । आत्महत्या गर्ने धेरै महिला र युवायुवती रहेकाले सचेतनामार्फत निरुत्साहित गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ