असार २, प्यूठान । दस महिनाको दुधे छोरा बोकेर झिमरुक गाउँपालिका-८ लिबाङ टिमुरचौर प्युठानकी देवा गिरी भोट माग्न मतदाताको घरघरमा पुग्नुभएको छ । दिनहुँजसो परिरहेको झरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २, प्यूठान । दस महिनाको दुधे छोरा बोकेर झिमरुक गाउँपालिका-८ लिबाङ टिमुरचौर प्युठानकी देवा गिरी भोट माग्न मतदाताको घरघरमा पुग्नुभएको छ । दिनहुँजसो परिरहेको झरी"/>

2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

प्युठानमा गाउँपालिकाकि उम्मेदवार दुधे छोरा बोकेर भोट माग्दै

असार २, प्यूठान । दस महिनाको दुधे छोरा बोकेर झिमरुक गाउँपालिका-८ लिबाङ टिमुरचौर प्युठानकी देवा गिरी भोट माग्न मतदाताको घरघरमा पुग्नुभएको छ । दिनहुँजसो परिरहेको झरीमा पनि उहाँले मतदाता भेट्न छुटाउनुभएको छैन ।

एमालेका तर्फबाट उहाँ झिमरुक गाउँपालिकाको उपप्रमुख पदमा उम्मेदवार बन्नुभएको हो । ‘छोरालाई घरमै राखेर हिँड्ने अवस्था छैन’, उहाँले भन्नुभयो, ‘दूध खुवाउनुपर्छ । सँगै लगेर हिँड्छु।’ छोराको रेखदेख गर्न धेरैजसो श्रीमान्लाई सँगै लगेर हिँड्ने गरे पनि कहिलेकाहीँ एक्लै जाने गरेको उहाँको भनाए छ । ‘छोरालाई हेर्न धेरै दिदीबहिनीले पनि सहयोग गर्छन्’, गिरीले भन्नुभयो, ‘पानी पर्दा अलि समस्या हुँदो रहेछ।’ गाउँपालिका केन्द्रदेखि झन्डै दुई घन्टाको दूरीमा उहाँको घर छ ।

‘गाउँमा नियमित गाडी चल्दैनन्’, उहाँले भन्नुभयो, ‘पैदल हिँडेर घरमा जान समस्या भइरहेको छ ।’ चुनाव प्रचारप्रसारमा हिँड्न थालेको महिना दिन पुग्न थालेको उहाँले बताउनुभयो। हालसम्म बांगेमरोठ, ओखरकोट, तुषारा, लिबाङ क्षेत्रका मतदातालाई भेटेर भोट मागिसकेको उहाँले बताउनुभयो। बर्खा सुरु भएकाले झिमरुक खोला तरेर घरसम्म पुग्न समस्या हुने गरेको समेत उहाँको भनाइ छ।

तीन सन्तानकी आमा गिरीको साथमा कान्छो छोरा अशोक गिरी छन्। दुईवटा छोरा हुर्किसकेको श्रीमान् रामु गिरीले बताउनुभयो। ‘ श्रीमती चुनाव लडेकी छन्’, उहाँले भन्नुभयो, ‘घरमा समय मिलाएर उनलाई साथ दिन सँगै हिँड्ने गरेको छु।’

श्रीमती भोट माग्न हिँडिरहेको बेला आफूले छोराको रेखदेख गर्ने गरेको उहाँले बताउनुभयो। ‘सानै उमेरदेखि पार्टीमा लागेकी हुन्’, गिरीले भन्नुभयो, ‘जसरी पनि जिताउने गरी खटेका छौँ।’

एमाले प्यूठान क्षेत्र नं २ को क्षेत्रीय कमिटी सदस्यसमेत रहनुभएकी गिरी २०५१ सालदेखि नै पार्टीमा लाग्नुभएको हो । 

घरेलु एवं महिला हिंसा, लैंगिक एवं जातीय विभेदजस्ता पक्षलाई निराकरण गर्न आफू क्रियाशील रहने उहाँको प्रतिबद्धता छ । विकास निर्माणका सवाललाई निर्वाचनमा विजयी भएपछि मात्र ठोस योजना बनाएर अघि बढ्ने उहाँको तयारी छ । -अन्नपुर्ण पोष्ट अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई