साउन २३, प्यूठान । आफू जन्मे हुर्केको थलो छाड्न नमानेपछि नौ बहिनी गाउँपालिकास्थित फोप्ली प्यूठानका पहिरो पीडितहरु जोखिममै दैनिकी कटाइरहेका छन्। गतवर्ष साउनम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २३, प्यूठान । आफू जन्मे हुर्केको थलो छाड्न नमानेपछि नौ बहिनी गाउँपालिकास्थित फोप्ली प्यूठानका पहिरो पीडितहरु जोखिममै दैनिकी कटाइरहेका छन्। गतवर्ष साउनम"/>

2026-11-02 04:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

पुर्ख्यौली थलो छोड्न नमान्दा पहिरोको जोखिममा प्युठानका फोप्लीबासी


साउन २३, प्यूठान । आफू जन्मे हुर्केको थलो छाड्न नमानेपछि नौ बहिनी गाउँपालिकास्थित फोप्ली प्यूठानका पहिरो पीडितहरु जोखिममै दैनिकी कटाइरहेका छन्। गतवर्ष साउनमा आएको पहिरोले धेरै मानवीय क्षति पुर्‌याएर पीडामा थलिएको फोप्ली गाउँ यसपाली पनि सुरक्षित छैन्। पीडितहरु आफ्नो जन्मथलो छाडेर अन्यत्र जान आनाकानी गरेपछि दाताहरुले जोखिमस्थलमै घर बनाइदिएका छन्।

भूगर्वविद्को टोलीले अध्ययन प्रतिवेदन निकाल्न ढिलाई गरेपछि पीडितहरुको रोजाई अनुसार नै घर बनेका हुन्। अघिल्लो वर्ष गाउँमा पहिरो गएको तीन महिनापछि अध्ययनका लागि आएको भूगर्वविद्को टोलीले वर्षदिन बितिसक्दासमेत प्रतिवेदन नबुझाउँदा पीडितहरुले निराश बनेका थिए। कारितास नेपालको आर्थिक सहयोगमा फूलवारी एकिकृत ग्रामिण विकास संस्था खैरा प्यूठानले फोप्लीमा मात्रै ४० घर निर्माण गरेको छ।

प्रति घरपरिवारका लागि संस्थाले एक लाख १३ हजार रुपैँया खर्च गरेको छ। संस्थाका अध्यक्ष लोक बहादुर बस्नेतका अनुसार सवै घर निर्माणका लागि कुल ४५ लाख २० हजार रुपैयाँ खर्च भएको छ। ‘पीडितको रोजाइमा घर बनेका छन्’, बस्नेतले भने, ‘सुरक्षित स्थानमा निर्माण गर्न खोजिएपनि पीडितहरुले मान्नुभएन।’

पहिरोले फोप्लीको पुरै गाउँ फाँटेर चिराचिरा भएको छ। मलिलो रातोमाटो भएकाले गाउँमा अझैपनि पोहिरोको उच्च जोखिम देखिन्छ । यसपाली पनि धेरै ठाउँहरु चर्केर पहिरो जाने खतरामा छन् । ‘पोहोरसालको पहिरोले घर बगायो’, फोप्ली म्यालपाटाका स्थानीय कमल कुवँरले भने, ‘एक वर्षपछि घर बनाउन लागेका छौँ। पानी पर्दा रातभर निद्रा लाग्दैन् ।’पहिरोको कारण फोप्लीका भृकुना, गातीना, चरीवाङ लगाएत गाउँहरु पुरै जोखिममा परेको उनले जानकारी गराए । 

जनता आवास कार्यक्रम अन्तर्गत समेत यहाँ घर निर्माणाधीन अवस्थामा रहेका छन्। प्रति घरपरिवार दुई लाख ३७ हजार सात सय रुपैयाँका दरले रकम सहयोग गरिएको भवन निर्माण डिभिजन कार्यालय रोल्पाका डिभिजन प्रमुख इश्वरराज जोसीले जानकारी गराए। ‘

पीडितहरुका लागि सामूहीक आवास बनाउने योजनामा थियौँ’, उनले भने, ‘उपयूक्त जग्गा नभएपछि सर्वदलीय निर्णयबाट घर निर्माण थालिएको हो।’बांगेशाल र रस्पुरकोटमा रहेका वादीसमूह सहित जिल्लाभर ८६ वटा घरहरु निर्माण गर्ने योजना रहेको उनको भनाई छ। उच्च जोखिममा रहेकाले फोप्लीमा आठ वटा घरहरुको निर्माण सुरु नभएको उनले बताए।

अध्ययन गरेर फर्किएको नौ महिनापछि भूगर्वविद्को प्रतिवेदन शुक्रवार आएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी गराए। आउँदो बिहीबार जिल्ला दैवीप्रकोप उद्दार समितिको बैठक बसेर यसवारे विस्तृत छलफल गरिने उनको भनाई छ।

गत साउन १० र ११ गते आएको अविरल वर्षातपछिको पहिरोमा पुरिएर फोप्लीका एकै गाउँका २८ जना सहित जिल्लाभर ४० जनाको ज्यान गएको थियो । दुई सय २१ घर पूर्णरुपमा क्षति भएका छन् । नौ सय ३२ घरहरुमा आंशिक क्षति पुगेको छ। -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द