साउन २३, प्यूठान । आफू जन्मे हुर्केको थलो छाड्न नमानेपछि नौ बहिनी गाउँपालिकास्थित फोप्ली प्यूठानका पहिरो पीडितहरु जोखिममै दैनिकी कटाइरहेका छन्। गतवर्ष साउनम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २३, प्यूठान । आफू जन्मे हुर्केको थलो छाड्न नमानेपछि नौ बहिनी गाउँपालिकास्थित फोप्ली प्यूठानका पहिरो पीडितहरु जोखिममै दैनिकी कटाइरहेका छन्। गतवर्ष साउनम"/>

2026-09-19 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

पुर्ख्यौली थलो छोड्न नमान्दा पहिरोको जोखिममा प्युठानका फोप्लीबासी


साउन २३, प्यूठान । आफू जन्मे हुर्केको थलो छाड्न नमानेपछि नौ बहिनी गाउँपालिकास्थित फोप्ली प्यूठानका पहिरो पीडितहरु जोखिममै दैनिकी कटाइरहेका छन्। गतवर्ष साउनमा आएको पहिरोले धेरै मानवीय क्षति पुर्‌याएर पीडामा थलिएको फोप्ली गाउँ यसपाली पनि सुरक्षित छैन्। पीडितहरु आफ्नो जन्मथलो छाडेर अन्यत्र जान आनाकानी गरेपछि दाताहरुले जोखिमस्थलमै घर बनाइदिएका छन्।

भूगर्वविद्को टोलीले अध्ययन प्रतिवेदन निकाल्न ढिलाई गरेपछि पीडितहरुको रोजाई अनुसार नै घर बनेका हुन्। अघिल्लो वर्ष गाउँमा पहिरो गएको तीन महिनापछि अध्ययनका लागि आएको भूगर्वविद्को टोलीले वर्षदिन बितिसक्दासमेत प्रतिवेदन नबुझाउँदा पीडितहरुले निराश बनेका थिए। कारितास नेपालको आर्थिक सहयोगमा फूलवारी एकिकृत ग्रामिण विकास संस्था खैरा प्यूठानले फोप्लीमा मात्रै ४० घर निर्माण गरेको छ।

प्रति घरपरिवारका लागि संस्थाले एक लाख १३ हजार रुपैँया खर्च गरेको छ। संस्थाका अध्यक्ष लोक बहादुर बस्नेतका अनुसार सवै घर निर्माणका लागि कुल ४५ लाख २० हजार रुपैयाँ खर्च भएको छ। ‘पीडितको रोजाइमा घर बनेका छन्’, बस्नेतले भने, ‘सुरक्षित स्थानमा निर्माण गर्न खोजिएपनि पीडितहरुले मान्नुभएन।’

पहिरोले फोप्लीको पुरै गाउँ फाँटेर चिराचिरा भएको छ। मलिलो रातोमाटो भएकाले गाउँमा अझैपनि पोहिरोको उच्च जोखिम देखिन्छ । यसपाली पनि धेरै ठाउँहरु चर्केर पहिरो जाने खतरामा छन् । ‘पोहोरसालको पहिरोले घर बगायो’, फोप्ली म्यालपाटाका स्थानीय कमल कुवँरले भने, ‘एक वर्षपछि घर बनाउन लागेका छौँ। पानी पर्दा रातभर निद्रा लाग्दैन् ।’पहिरोको कारण फोप्लीका भृकुना, गातीना, चरीवाङ लगाएत गाउँहरु पुरै जोखिममा परेको उनले जानकारी गराए । 

जनता आवास कार्यक्रम अन्तर्गत समेत यहाँ घर निर्माणाधीन अवस्थामा रहेका छन्। प्रति घरपरिवार दुई लाख ३७ हजार सात सय रुपैयाँका दरले रकम सहयोग गरिएको भवन निर्माण डिभिजन कार्यालय रोल्पाका डिभिजन प्रमुख इश्वरराज जोसीले जानकारी गराए। ‘

पीडितहरुका लागि सामूहीक आवास बनाउने योजनामा थियौँ’, उनले भने, ‘उपयूक्त जग्गा नभएपछि सर्वदलीय निर्णयबाट घर निर्माण थालिएको हो।’बांगेशाल र रस्पुरकोटमा रहेका वादीसमूह सहित जिल्लाभर ८६ वटा घरहरु निर्माण गर्ने योजना रहेको उनको भनाई छ। उच्च जोखिममा रहेकाले फोप्लीमा आठ वटा घरहरुको निर्माण सुरु नभएको उनले बताए।

अध्ययन गरेर फर्किएको नौ महिनापछि भूगर्वविद्को प्रतिवेदन शुक्रवार आएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी गराए। आउँदो बिहीबार जिल्ला दैवीप्रकोप उद्दार समितिको बैठक बसेर यसवारे विस्तृत छलफल गरिने उनको भनाई छ।

गत साउन १० र ११ गते आएको अविरल वर्षातपछिको पहिरोमा पुरिएर फोप्लीका एकै गाउँका २८ जना सहित जिल्लाभर ४० जनाको ज्यान गएको थियो । दुई सय २१ घर पूर्णरुपमा क्षति भएका छन् । नौ सय ३२ घरहरुमा आंशिक क्षति पुगेको छ। -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई