भदौ ११, प्युठान । गाउँमै गुणस्तरीय स्वास्थ्यसेवा दिने उद्देश्यले ६ वर्षअघि स्वास्थ्यचौकी भवन निर्माण जिम्मा पाएका ठेकेदार रोल्पाका अमरसिंह पुन कांग्रेसका तर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ११, प्युठान । गाउँमै गुणस्तरीय स्वास्थ्यसेवा दिने उद्देश्यले ६ वर्षअघि स्वास्थ्यचौकी भवन निर्माण जिम्मा पाएका ठेकेदार रोल्पाका अमरसिंह पुन कांग्रेसका तर"/>

2026-11-02 03:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

प्युठानको स्वास्थ्यचौकी निर्माणका ठेकेदार मन्त्री बनिसके, स्वास्थ्यचौकी बनेन


भदौ ११, प्युठान । गाउँमै गुणस्तरीय स्वास्थ्यसेवा दिने उद्देश्यले ६ वर्षअघि स्वास्थ्यचौकी भवन निर्माण जिम्मा पाएका ठेकेदार रोल्पाका अमरसिंह पुन कांग्रेसका तर्फबाट ०७० सालमा समानुपातिक कोटाबाट सभासद् बने ।

तत्कालीन ठेकेदार उनी हालै सिँचाइ राज्यमन्त्री भएका छन् । तर, स्वास्थ्यचौकी भने अझै बन्न सकेको छैन । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रोल्पाका लेखा अधिकृत झगबहादुर दसौदीका अनुसार ठेकेदार पुनले डेढ वर्षभित्र भवन निर्माणको पूरै काम सम्पन्न गर्ने गरी भ्याटबाहेक ७७ लाख ८८ हजार ६ सय ९५ रुपैयाँमा जिम्मा लिएका थिए ।

०६८ असारमा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रोल्पामार्फत ‘नेपाल प्रगति÷राप्ती÷उच्च हिमालय जेभी’ले भवन निर्माणको जिम्मा पाएको थियो । ठेकेदार सांसद बनेपछि भवन निर्माणले गति नलिएको स्थानीयको गुनासो छ ।

भवन नहुँदा सेवा प्रवाहमा समस्या देखिएपछि दुई तलाको १६ कोठे भवन निर्माण गर्न लागिएको हो । निर्माण थालिएपछि गाउँले निकै हौसिएका थिए । तर, वर्षौं बितिसक्दासमेत भवन निर्माणले पूर्णता नपाएपछि स्थानीय चिन्तित बनेका छन् । भवन निर्माणका लागि गाउँलेले सम्बन्धित निकायलाई पटक-पटक ताकेता गर्दासमेत सुनुवाइ नभएको स्थानीयले गुनासो गरे ।

‘निर्माण व्यवसायीलाई पटक-पटक ताकेता गर्‍यौं’, उनले भने, ‘लिखित र मौखिक रूपमा सूचना गर्दा पनि काम अघि बढेन ।’ बैंक ग्यारेन्टी गरिएको नौ लाख नौ हजार रुपैयाँसमेत जफत गरिएको उनले जानकारी गराए ।

दसौदीका अनुसार कार्यसम्पादन बैंक ग्यारेन्टीबापतको चार लाख ४१ हजार रुपैयाँ जफतका लागि सम्बन्धित बैंकलाई पत्राचार गरिएको छ । ‘निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी भइरहेको छ’, उनले भने, ‘गत वर्षको चैतबाट काम सुरु गर्छु भनेका हुन् । तर, अझैसम्म काम सुरु हुन सकेन ।’ एकपटक सम्झौता पत्र थप गरिएको उनको भनाइ छ ।

ठेकेदार पुन हालै नेपाल सरकारको सिँचाइ राज्यमन्त्री भएका छन् । ठेकेदार सांसद हुँदै मन्त्री बने पनि खवाङका सर्वसाधारण भवन अभावमा प्रभावकारी स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुनुपरेको गुनासो पोख्छन् ।

स्थानीय यामलाल गिरीका अनुसार भवनको काम बीचमै रोकिएपछि हालसम्म निर्माण गरिएको भौतिक संरचनासमेत जीर्ण बन्दै गएको छ । निर्माणमा संलग्न मजदुरले ज्यालासमेत नपाएको उनले गुनासो गरे । ‘१५ लाखभन्दा बढी ज्याला लिन बाँकी छ’, उनले भने, ‘न भवन बन्यो, न त ज्याला पाइयो।’ पूरै ज्याला नपाएसम्म अधुरो काम सुचारु गर्न नदिने मजदुरले चेतावनी दिएका छन् ।

पटक-पटक जिल्ला प्रशासन कार्यालय प्युठानमा पुगे पनि आफूहरूको माग सुनुवाइ नभएको मजदुरले गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय खलंगाबाट १४ कोष टाढाको दूरीमा दुर्गम गाउँ खवाङ अवस्थित छ । जिल्लाका नौ स्थानीय तहमध्ये अति दुर्गममा नौबहिनी गाउँपालिका पर्छ । गत वर्षको साउनमा आएको बाढीपहिरोले गाउँ क्षतविक्षत बनेको छ ।

चुहिने भवनबाट सेवा दिइरहेको खवाङ स्वास्थ्यचौकी भवन इन्चार्ज ताराबहादुर थापाले गुनासो गरे । ‘बर्खाभरि पानीजति भित्र पस्छ’, उनले भने, ‘कोठा अभावमा वर्थिङ सेन्टर सञ्चालन गर्नसमेत समस्या भएको छ ।’

पुरानो तथा जीर्ण भवनमा रहेका ६ वटा कोठाबाट सेवा दिइरहेको उनले बताए । थापाका अनुसार प्रभावकारी सेवा दिन आठ वटा कोठा आवश्यक पर्छ । ‘अलपत्र भवन पूरा गर्न गाउँपालिकामा पनि लिखित आग्रह गरेका छौँ’, उनले भने, ‘नयाँ स्थानीय तह बनेका छन् ।

अब भवन पूरा हुने आशा छ ।’ बिरामीको चाप बढ्दा सेवा दिन कठिनाइ हुने गरेको उनी बताउँछन् ।भवनको करिब ६५ प्रतिशत निर्माण सकिएको भवन डिभिजन कार्यालयले जनाएको छ ।

लेखा अधिकृत दसौदीका अनुसार हालसम्म ठेकेदार पुनले ०६९ फागुनसम्म ५३ लाख ५२ हजार नौ सय ८० रुपैयाँ भुक्तानी लिइसकेका छन् । सम्झौताबापत २४ लाख ३५ हजार सात सय १४ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उनले बताए । -केशर रोका/अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द