भदौ ११, प्युठान । गाउँमै गुणस्तरीय स्वास्थ्यसेवा दिने उद्देश्यले ६ वर्षअघि स्वास्थ्यचौकी भवन निर्माण जिम्मा पाएका ठेकेदार रोल्पाका अमरसिंह पुन कांग्रेसका तर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ११, प्युठान । गाउँमै गुणस्तरीय स्वास्थ्यसेवा दिने उद्देश्यले ६ वर्षअघि स्वास्थ्यचौकी भवन निर्माण जिम्मा पाएका ठेकेदार रोल्पाका अमरसिंह पुन कांग्रेसका तर"/>

2026-09-19 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

प्युठानको स्वास्थ्यचौकी निर्माणका ठेकेदार मन्त्री बनिसके, स्वास्थ्यचौकी बनेन


भदौ ११, प्युठान । गाउँमै गुणस्तरीय स्वास्थ्यसेवा दिने उद्देश्यले ६ वर्षअघि स्वास्थ्यचौकी भवन निर्माण जिम्मा पाएका ठेकेदार रोल्पाका अमरसिंह पुन कांग्रेसका तर्फबाट ०७० सालमा समानुपातिक कोटाबाट सभासद् बने ।

तत्कालीन ठेकेदार उनी हालै सिँचाइ राज्यमन्त्री भएका छन् । तर, स्वास्थ्यचौकी भने अझै बन्न सकेको छैन । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रोल्पाका लेखा अधिकृत झगबहादुर दसौदीका अनुसार ठेकेदार पुनले डेढ वर्षभित्र भवन निर्माणको पूरै काम सम्पन्न गर्ने गरी भ्याटबाहेक ७७ लाख ८८ हजार ६ सय ९५ रुपैयाँमा जिम्मा लिएका थिए ।

०६८ असारमा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रोल्पामार्फत ‘नेपाल प्रगति÷राप्ती÷उच्च हिमालय जेभी’ले भवन निर्माणको जिम्मा पाएको थियो । ठेकेदार सांसद बनेपछि भवन निर्माणले गति नलिएको स्थानीयको गुनासो छ ।

भवन नहुँदा सेवा प्रवाहमा समस्या देखिएपछि दुई तलाको १६ कोठे भवन निर्माण गर्न लागिएको हो । निर्माण थालिएपछि गाउँले निकै हौसिएका थिए । तर, वर्षौं बितिसक्दासमेत भवन निर्माणले पूर्णता नपाएपछि स्थानीय चिन्तित बनेका छन् । भवन निर्माणका लागि गाउँलेले सम्बन्धित निकायलाई पटक-पटक ताकेता गर्दासमेत सुनुवाइ नभएको स्थानीयले गुनासो गरे ।

‘निर्माण व्यवसायीलाई पटक-पटक ताकेता गर्‍यौं’, उनले भने, ‘लिखित र मौखिक रूपमा सूचना गर्दा पनि काम अघि बढेन ।’ बैंक ग्यारेन्टी गरिएको नौ लाख नौ हजार रुपैयाँसमेत जफत गरिएको उनले जानकारी गराए ।

दसौदीका अनुसार कार्यसम्पादन बैंक ग्यारेन्टीबापतको चार लाख ४१ हजार रुपैयाँ जफतका लागि सम्बन्धित बैंकलाई पत्राचार गरिएको छ । ‘निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी भइरहेको छ’, उनले भने, ‘गत वर्षको चैतबाट काम सुरु गर्छु भनेका हुन् । तर, अझैसम्म काम सुरु हुन सकेन ।’ एकपटक सम्झौता पत्र थप गरिएको उनको भनाइ छ ।

ठेकेदार पुन हालै नेपाल सरकारको सिँचाइ राज्यमन्त्री भएका छन् । ठेकेदार सांसद हुँदै मन्त्री बने पनि खवाङका सर्वसाधारण भवन अभावमा प्रभावकारी स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुनुपरेको गुनासो पोख्छन् ।

स्थानीय यामलाल गिरीका अनुसार भवनको काम बीचमै रोकिएपछि हालसम्म निर्माण गरिएको भौतिक संरचनासमेत जीर्ण बन्दै गएको छ । निर्माणमा संलग्न मजदुरले ज्यालासमेत नपाएको उनले गुनासो गरे । ‘१५ लाखभन्दा बढी ज्याला लिन बाँकी छ’, उनले भने, ‘न भवन बन्यो, न त ज्याला पाइयो।’ पूरै ज्याला नपाएसम्म अधुरो काम सुचारु गर्न नदिने मजदुरले चेतावनी दिएका छन् ।

पटक-पटक जिल्ला प्रशासन कार्यालय प्युठानमा पुगे पनि आफूहरूको माग सुनुवाइ नभएको मजदुरले गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय खलंगाबाट १४ कोष टाढाको दूरीमा दुर्गम गाउँ खवाङ अवस्थित छ । जिल्लाका नौ स्थानीय तहमध्ये अति दुर्गममा नौबहिनी गाउँपालिका पर्छ । गत वर्षको साउनमा आएको बाढीपहिरोले गाउँ क्षतविक्षत बनेको छ ।

चुहिने भवनबाट सेवा दिइरहेको खवाङ स्वास्थ्यचौकी भवन इन्चार्ज ताराबहादुर थापाले गुनासो गरे । ‘बर्खाभरि पानीजति भित्र पस्छ’, उनले भने, ‘कोठा अभावमा वर्थिङ सेन्टर सञ्चालन गर्नसमेत समस्या भएको छ ।’

पुरानो तथा जीर्ण भवनमा रहेका ६ वटा कोठाबाट सेवा दिइरहेको उनले बताए । थापाका अनुसार प्रभावकारी सेवा दिन आठ वटा कोठा आवश्यक पर्छ । ‘अलपत्र भवन पूरा गर्न गाउँपालिकामा पनि लिखित आग्रह गरेका छौँ’, उनले भने, ‘नयाँ स्थानीय तह बनेका छन् ।

अब भवन पूरा हुने आशा छ ।’ बिरामीको चाप बढ्दा सेवा दिन कठिनाइ हुने गरेको उनी बताउँछन् ।भवनको करिब ६५ प्रतिशत निर्माण सकिएको भवन डिभिजन कार्यालयले जनाएको छ ।

लेखा अधिकृत दसौदीका अनुसार हालसम्म ठेकेदार पुनले ०६९ फागुनसम्म ५३ लाख ५२ हजार नौ सय ८० रुपैयाँ भुक्तानी लिइसकेका छन् । सम्झौताबापत २४ लाख ३५ हजार सात सय १४ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उनले बताए । -केशर रोका/अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई