2026-09-15 06:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

प्राधिकरणका सिइओ पोख्रेलले पदीय दुरुपयोग गरेको चारदलको आरोप

असोज १९, प्यूठान । पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सिइओ) गोविन्दराज पोख्रेलले पदीय दुरुपयोग गरेको जिल्लामा क्रियाशील चार दलले आरोप लगाएका छन् । 

बाम गठवन्धनका तीनदल सहित नेकपा मालेले बिहीबार संयुक्त प्रेस विज्ञप्तीमार्फत पोख्रेलले सरकारी पदीय मर्यादा भुलेर जिल्लामा नेपाली कांग्रेसको गतिविधिमा क्रियाशिल रहेको उल्लेख गरेका छन् ।

‘भूकम्प गएको तीनवर्ष बितिसक्दा समेत क्षतविक्षत भएका घरहरु पूर्ननिर्माण भएका छैनन् । पीडितको पीडा सम्बोधनमा ठोस पहल भएको छैन् । यसप्रति पहल र कार्ययोजनामा लाग्नुको साटो पदीय मर्यादा भुलेर सरकारी स्रोतसाधनको दुरुयोग गरी हिडेकोप्रति नेपाल सरकारको गम्भीर ध्यानकर्षण गराउन चाहान्छौँ ।’ विज्ञप्तीमा भनिएको छ ।

सरकारी साधनको दुरुपयोग गरी स्थानीय तह निर्वाचनमा समेत डा.पोख्रेल जिल्लामा पार्टीका विभिन्न गतिविधिमा सक्रिय भएको चार दलले आरोप लगाएका छन् । आसन्न प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरी पदीय जिम्मेवारीबाट अलग नभई पार्टीका गतिविधिमा हिड्नु निर्वाचन आचारसंहिता विपरित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त विषयलाई गम्भीरतापूर्वक नलिएमा उत्पन्न हुने जस्तोसुकै परिणामको जिम्मेवारी सम्वन्धित पक्ष हुने समेत उनीहरुले चेतावनी दिएका छन् ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको पूनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदमा डा.पोख्रेल दुई पटकसम्म नियुक्त भएका हुन् । उनी यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत भइसकेका छन् । 

नेपाली कांग्रेस प्यूठानले आउँदो संघको निर्वाचनमा जिल्लाबाट पोख्रेललाई उम्मेदवार उठाउने तयारी थालेको छ । कांग्रेस स्रोतका अनुसार जिल्लाबाट पोख्रेलको मात्र नामावली केन्द्रमा सिफारिस गरिएको बुझिएको छ । दसैं मनाउन गृहजिल्ला प्यूठान आएका डा.पोख्रेल अझै फर्केका छैनन् । -अन्नपुर्ण अनलाइनमा खबर छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ