2026-07-25 12:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

कांग्रेसले ६ जना बागीसहित १८ जनालाई पार्टीबाट निकाल्यो

कात्तिक २२, बुटवल । कांग्रेस रुपन्देहीले आसन्न प्रतिनीधि तथा प्रदेश सभा निर्वाचनमा पार्टीका उम्मेदवार विपरित वागी उम्मेदवारी दिएका ६ जना उम्मेदवारसहित पाटीका विभिन्न तहमा रहेका १८ जनाको पार्टी सदस्यता खारेज गरेको छ ।

कांग्रेसले पार्टीले अगाडी सारेका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएको भन्दै एक जना प्रतिनीधि सभा सदस्यका उम्मेदवार तथा ५ जना प्रदेश सभा सदस्यका उम्मेदवार सहित उनीहरुका प्रस्तावक र समर्थक गरि १८ जनाको पार्टी सदस्यता खारेज गरेको हो ।

पार्टीको विधान अनुसार रुपन्देही क्षेत्र नं. १ को २ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनीधि कृष्णप्रसाद पौडेल तथा उनका प्रस्तावक खुमलाल गौतम र समर्थक निमबहादुर थापाको पार्टी सदस्यता खारेज गरेको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए ।

क्षेत्र नं. १ को २ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेता पौडेलले  कांग्रेसको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गर्दै उम्मेदवारी दिएको बताएका थिए ।

क्षेत्र नं. ३ को १ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका जिल्ला सदस्य ओमकुमार श्रेष्ठ, उनका प्रस्तावक नारायणबहादुर कार्की र समर्थक राजेश जिसी, क्षेत्र नं. ३ को २ बाट प्रदेश सभा सदस्यमा काँग्रेस विपी पार्टीबाट उम्मेदवारी दिएका डोलराज भुसाल तथा उनका प्रस्तावक सन्तकुमार यादव र समर्थक रामनारायण अहिरलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको सभापति रज्जाकले जानकारी दिए ।

रुपन्देही क्षेत्र नं. ३ :  प्रतिनीधि सभा सदस्यमा उम्मेदवारी दिएका अमृतलाल भट्टराई र उनका प्रस्तावक शालिकराम पाण्डे तथा समर्थक दिनेशप्रसाद पाण्डे, क्षेत्र नं. ४ को २ बाट प्रेदश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनीधि वीरेन्द्र कलवार उनका प्रस्तावक सिताराम पाल तथा समर्थक मनोजकुमार कलवार, क्षेत्र नं. ५ को २ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनीधि अमेरिका कोहार तथा उनका प्रस्तावक कलामुद्धिन मुसलमान र समर्थक दिनेशचन्द्र बमलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको कांग्रेस रुपन्देहीले जनाएको छ ।

पार्टीको टिकट वितरण प्रणालीमा असन्तुष्टि जनाउँदै नेताहरुले पार्टीका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका थिए । सभापति रज्जाकले पार्टीको नीति तथा हित विपरितका गतिबिधि गर्नेलाई तत्काल कारवाही गरिने बताए । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक