2026-09-14 10:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

प्युठान: गाउँमा पहिलोपटक बस पुग्दा खुशीयाली

माघ १, प्युठान । विकासको दृष्टिकोणले दुर्गम मानिने प्युठानको गौमुखी गाउँपालिका -४ पुँजा डाडाकटेरीमा पहिलो पटक बस पुग्दा स्थानीयहरुले खुशीयाली मनाए ।

सडक साघुँरो भएका कारण बस चल्न नसकेको डाडाकटेरीमा नियमित बस सञ्चालनमा ल्याउन थालिएको यातायात ब्यबसायीले बताएका छन् । 

बस पुग्दा गोब्दी, लिवाङ, रातामाटा, टिमुरचौर, दिहाल्ना, लैसरा र डाडाकटेरीका स्थानीयहरु बाजा बजाएर, बस सेवा सञ्चालनमा पुगेका अथितिलाई फूलमालाले स्वागत गर्दै खुशीयाली मनाएका हुन् ।

१३, १४ बर्षको उमेरमा नुन लिन वा भारतमा पैसा कमाउन जाने स्थानीय अग्रजहरु गाउँमा बस सेवा सञ्चालनमा आउँदा दंग भएको बताउँछन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा शशिधर भण्डारीले लेखेका छन् ।

‘कृष्णनगर गएर बस देखेको हुँ’ झिमरुक गाउँपालिका ८ दिहाल्नाका ८१ बर्षीय टिका भट्टराईले भने, ‘आज आफ्नै गाउँमा बस देख्दा हर्षको सिमा छैन’ । कुनै दिन १४ दिन लगाएर कृष्णनगरबाट नुन लिइएको उनले स्मरण गरे । 

‘३९ बर्ष अगाडि भालुवाङ–प्यूठान सडक निर्माणको लागि पनि गइयो’ गिरीले भने ‘बल्ल गाउँमा बस आउन लेखेको रहेछ, अलि ढिलै भएपनि गाउँमै बस देख्न पाइयो ।’ बस गाउँमा आउँदा खुशी लागेको भन्दै सेवा सञ्चालनलाई निरन्तरता दिनु पर्ने र अन्धकारमा रहेको गाउँमा विद्युतीकरणको खाँचो भएको उनको भनाई छ ।

ढाँड गब्दी टिमुरचौर डाँडाकटेरी पुजा मोटर बाटो उपभोक्ता समितिका अध्यक्ष गणेश गिरीका अनुसार सडक निर्माणमा करिव २७ लाख खर्च भएको छ । साविकको जिल्ला विकास समिति, निर्वाचन क्षेत्र विकास कोष, लिवाङ र पुजा गा.वि.स. को सहयोगमा सडक निर्माण गरिएको हो । 

प्यूठानको मुख्य ब्यापारिक केन्द्र बाग्दुला देखि करिव २५ किलोमिटरका दूरीमा रहेको डाँडा कटेरीमा बस सेवा सञ्चालनमा आएकोले दुर्गम मानिने क्षेत्रमा पनि सुगमताको महशुस भएको अध्यक्ष गिरीले बताए ।

बस सेवाको गब्दी र डाँडा कटेरीमा उद्घाटन गरिएको छ । प्रदेश सभा क्षेत्र नम्बर १ का सांसद कृष्णध्वज खड्का, झिमरुक गाउँपालिका अध्यक्ष तिलक जि.सी., गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु गिरी, होटल ब्यबसायी समितिका अध्यक्ष चन्द्रलाल न्यौपाने, स्वर्गद्धारी यातायात ब्यबसायी समितिका महासचिव चन्द्रमान श्रेष्ठ लगायत स्थानीय राजनीति कर्मी, समाजसेवीहरुलाई स्थानीयहरुले फूलमाला लगाएर खुसीयाली साटासाट गरे ।

यातायातलाई उत्पादनमा जोड्नुस

बससेवाको उद्घाटन गर्दै प्रदेश सभाका सांसद कृष्णध्वज खड्काले यातायात सेवालाई बजार गर्न जाने आउने भन्दा कृषि उत्पादनको बिक्री वितरण गर्ने माध्यमको रुपमा प्रयोग गर्न सुझाए । 

‘बर्षे आलु, कोदो , साग, टिमुर, चिराइतो लगायतका स्थानीय कृषिजन्य उत्पादनमा जोड दिनुस्’ खड्काले भने ‘बस सेवाले तपाईको उत्पादनलाई बजारीकरण गर्न मद्दत पुग्नेछ ’ । बस सेवालाई पर्यटकीय क्षेत्रको विकासमा पनि जोड्नु पर्ने उनको जोड छ ।

दिहाल्नाचौर प्यूठानको सबै भन्दा ठूलो खेल मैदान, स्नाकोट, तुसारा कोट लालिगुराँसको रगंशाला, पुजा तामाखानी, रमाईलो हिमालको दृष्य, रमणीय जंगलको प्रचार प्रचारमा स्थानीय सरकारले चासो दिर्नु पर्ने भन्दै आफूले पहल गर्न पर्ने ठाउँमा लागि पर्ने बताए । सधँै सरकारको मुख ताक्नु भन्दा पनि आर्थिक रुपमा सवल र सक्षम हुन स्थानीय उत्पादनलाई प्राथमिकता दिनै पर्ने खड्काको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ