पढ्न करिब 1 मिनेट लाग्छ

चैत २१, बैतडी | बैतडीमा दोस्रो फलामखानी भेटिएको छ । पुरचौडीपछि सिगास गाउँपालिका–१, सुगरखालमा फलामखानी भेटिएको हो ।

सिगासा गाउँपालिका–१ को सुगरखाल, दाब र जुकेपानी नजिक लोहारपानीमा फलामखानी भेटिएको वडाध्यक्ष गगनसिंह धामीले बताए ।

फलामखानी भएको स्थान पाटन नगरपालिकाको खोड्पेबाट एक घण्टाको दूरीमा रहेको छ ।

जयपृथ्वी मार्गको वृन्द्रावनबाट आधा घण्टामा खानी नजिक पुग्न सकिन्छ । फलाम भएको स्थानमा मेसिनले खन्दा राम्रो सम्भावना देखिएको सुभम मिनिरल्स प्राइभेट कम्पनीका श्याम अधिकारीले बताए ।

अधिकारीले भने, “८० प्रतिशतसम्म फलाम भेटिएको छ । विस्तृत अध्ययन भइरहेको छ । बिजुलीबत्ती र बाटोघाटो नहुँदा भौगोलिक कठिनाइ छ ।

- यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।