Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७९ असार १६ गते, बिहान ११:४४ बजे पत्रपत्रिकाबाट, रुपन्देही - RPD

पदमुक्त मन्त्री विमला वलीको अर्को ट्वीस्टः मैले राजीनामा नदिई कसरी स्वीकृत भयो ?

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असार १६, काठमाडौं | लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीले स्वीकृत गरेको प्रदेशसभामा जानकारी गराएपनि उनी आफैले राजीनामा नदिएको बताएकी छन् ।

जेठ ३१ गते उनका प्रेमी भनिएका दाङका एकराज बस्नेतको घरमा पुगेर बस्नेतकी श्रीमति तथा छोरीलाई कुटपिट तथा घरमा तोडफोडको आरोप लागेकी राज्यमन्त्री वलीले १२ गते राजीनामा दिएको र बुधबार स्वीकृत गरिएको मुख्यमन्त्री केसीले सदनमा जानकारी दिएका थिए । तर वली आफैले राजीनामा नदिएको दावी गरेकी छन् ।

‘उहाँले राजीनामा दिइसक्नु भएको छ, उहाँको राजीनामा मुख्यमन्त्रीले स्वीकृत गरेर सदनलाई जानकारी गराइसक्नुभयो अब उहाँले के बोल्नुहुन्छ भन्ने विषयमा हामीले जान्ने कुरा भएन– माओवादी प्रमुख सचेतक तुलाराम घर्तीले नेपाल प्रेससँग भने– कसले के भन्यो र कसको लहैलहैमा लाग्नुभयो अचम्मै छ। घर्तीको आश्चर्यले पनि वलीले उठाएको प्रसंग बाझिएको प्रष्ट हुन्छ ।

विमलाले बुधबार नै आफूले राजीनामा नदिने र सरकार आफैँले कारवाही गरेर पदमुक्त गर्न भनेकी थिइन्। उनको राजीनामा नदिएको भनाइ र सरकारले स्वीकृत गरेको विषयले उनलाई थप विवादमा तानेको छ ।

यसअघि पनि उनका धेरै निर्णय यसैगरी विवादमा आएका थिए । नेकपाबाट प्रदेश सांसद बनेकी उनी त्यसपछि माओवादी र एमाले रोज्ने विषयमा यसैगरी विवादित बनेकी थिइन् । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई बहुमत पुराउने सख्यामा उनको भूमिका थप विवादित बनेको थियो । गत साउन १५ गते अपहरणमा परेके भनिएकी उनी दाङस्थित घरमा भेटिएकी थिइन् ।

त्यसलगत्तै एमाले प्रवेश गरेको विज्ञप्ती आयो भने त्यसको दुई दिनपछि आफू अपहरणमा परेर तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको निवासबाट भागेर बाहिरिएको र आफू माओवादीमै रहेको पत्रकार सम्मेलन गरेर जानकारी गराएर चर्चामा आएकी थिइन् । यद्यपि उनको त्यो अपहरण काण्डको कुनै मुद्दामामिला अगाडि बढेन ।