Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-09-17 06:27 PM
महत्वपूर्ण स्थानहरु

धार्मिक, पर्यटकीय, एेतिहाँसिक स्थल- धैबुङ चित्रकालिका मन्दिर


कालिकामाई मन्दिर परिसर र यहाँबाट देखिने सूर्यास्तको दृश्य


रसुवाको दक्षिणी भेगमा अवस्थित धार्मिक, साँस्कृतिकऐतिहासिक महत्वको रूपमा कालिकामाई मन्दिर (धैबुङ
चित्रकालिका माईको नामले
) चिनिदै आएको छ
। यो मन्दिर धैबुङ्ग गाविस
५ कालिकास्थानमा अवस्थित छ । विविध महत्व बोकेको कालिकामाई
मन्दिरको नामबाटै यस ठाँउको नाम कालिकास्थान रहन गएको स्थानीयबासीहरू बताउँछन् ।

कालिकामाई मन्दिर पासाङल्हामु राजमार्गको
काठमाण्डौँदेखि ९४ किमी उत्तर
, रसुवा जिल्लाको सदरमुकाम धुन्चेदेखि २४ किमी दक्षिणमा पर्ने
प्राकृतिक सौन्दर्यले भरिपूर्ण मध्य पहाडको काखमा रहेको छ ।

सामुद्रिक सतहदेखि ६
सय मिटर उचाईमा रहेको वेत्रावती (उत्तरगया) त्रिवेणीदेखि उठ्दै गएको पहाडको
टुप्पोमा करिव १४ सय मिटर उचाईमा रहेको यस क्षेत्र न गर्मी
, न जाडो ९ गर्मीमा हिमालको हावा वहने र
जाडोमा पनि तुषारो नपर्ने, विहान सबेरै रवीको किरणद्दारा प्रज्ज्वल्लमान हुने र
रमणीय वस्तीको लागि उपयुक्त वातावरण भएको स्थानको रूपमा चिनिन्छ ।

प्राकृतिक
दृश्यको धनी
, ऐतिहासिक तथा धार्मिक दृष्टिले प्रसिद्धि कमाएको पवित्र स्थलको
प्रत्यक्ष स्थलगत दर्शन गर्न पासाङल्हामु सडक मार्गवाट ५ मिनेटमात्र पैदल यात्रा गरी
कालिकामाई मन्दिरको दर्शन गर्न सकिन्छ ।
 




नुवाकोटको बागेश्वरीबाट देखिने कालिकास्थान र वरपरको दृश्य १



                                                                                                               नुवाकोटको बागेश्वरीबाट देखिने कालिकास्थान र वरपरको दृश्य २

वि.सं. २०६० सालमा
राम्चेको पहिरोले त्यहाँ स्थित सैनिक ब्यारेक बगाएपछि विस्थापित सेना यस मन्दिर
परिषरमा बस्दै आएका छन् । पहिले त्यहाँ काठमाण्डौं
, ललितपुर, भक्तपुर र नुवाकोटका विभिन्न स्थानबाट
समेत वनभोज र कालिकामाईको दर्शन गर्न तथा त्यहाँबाट देखिने विभिन्न दृष्यको अवलोकन
गर्न आउँथे । यो स्थान ब्यारेकले ओगटेपछि अहिले दैनिक रूपमा पूजा आजा गर्न आउनेको
संख्या घटेको छ भने वनभोज गर्न आउनेका लागि पनि ठाउँ अभाव भएको छ । सैनिक ब्यारेक
अन्यत्र सारेर त्यस ठाउँलाई धार्मिक तथा ऐतिहासिक रूपमा विकास गरी पिकनिक स्थलको
रूपमा पनि विकास गर्न सकिने स्थानीयबासी बताउँछन् । हाम्रो कालिकास्थानको प्रचार
गरी पर्यटन विकास र प्रवर्दनमा टेवा पु
¥याऔं ।


हरेपौवाको गोम्बोडाँडाबाट देखिने कालिकास्थान र वरपरको दृश्य 


नुवाकोटको मनकामना गाविस अर्चलेबाट देखिने कालिकास्थानको दृश्य 

अक्षरहरू हाम्रो कालिकास्थान धैबुङ्ग, रसुवा को फेसबुकबाट साभार र तस्वीर प्रेमप्रसाद पौडेल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया रसुवा बाढीले पुरिएका संरचना उत्खननको योजना बनाउन सांसद श्रेष्ठको माग जनताका समस्या किन समाधान हुँदैनन् ? : सांसद बराल परिवार पाल्न विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ : सभामुख अर्याल मापदण्डपछि समावेशी सिद्धान्त लागू हुन्छ, समावेशिता छुटेको छैन : मन्त्री गौतम रास्वपाले संसदीय विशेष समिति गठनमा छलफल गर्दै राष्ट्रसंघ महासभामा जाने तयारीबारे परराष्ट्रमन्त्रीले गराए संसदीय समितिमा जानकारी १८ दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन सुनचाँदीको मूल्य घट्यो प्रतिनिधिसभाको बैठक बस्दै चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह