2026-06-24 11:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४ लाख ६३ हजार सम्झौता, ४ लाख २० हजारले पहिलो किस्ता लिए

ताराबहादुर महत | कात्तिक २, दोलखा | राष्ट्रिय पुननिमार्ण प्राधिकरणले निजी आवास पुननिमार्णका लागि अनुदान सम्झौता र पहिलो किस्ता रकम निकाशालाई तिव्रतापुर्वक अघि बढाएको छ । 

संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले दिएको तथ्याङ्क अनुसार हिजो (कात्तिक १ गते) सम्म भुकम्प अति प्रभावित १२ जिल्लामा ४ लाख ६३ हजार २ सय ३ घरधुरीसँग अनुदान सम्झौता भएको छ । अनुदान सम्झौता भएका मध्ये ४ लाख २० हजार ८ सय ८२ परिवारले पहिलो किस्ताको ५० हजार रुपिँयाका दरले रकम बुझिसकेको मन्त्रालयकी सहायक प्रवक्ता एवम सुचना अधिकारी सीता परियारले जानकारी दिनुभयो । भुकम्प अति प्रभावित १४ जिल्ला मध्ये काठमाण्डौं र भक्तपुरमा भने अनुदान सम्झौता शुरु हुन सकेको छैन ।

यसैबिच दोलखामा ४५ हजार १ सय  ८५ घरधुरीसँग अनुदान सम्झौता भएकोमा ४४ हजार ६ सय ७ परिवारले मात्र पहिलो किस्ताको ५० हजार रुपिँया बुझेका छन । दोलखामा ५१ हजार ७ सय ६२ घरधुरी लाभग्राहीको सुचीमा परेका छन भने २१ हजार ७ सय १२ जनाले आफ्नो घरधुरी लाभग्राहीको सुचीमा नपरेको भन्दै गुनासो दर्ता गरेका छन । त्यसैगरी रामेछापमा ४० हजार ७ सय ८७, ओखलढुङ्गामा १८ हजार २० र सिन्धुपाल्चोकमा ७४ हजार ८ सय ५७ घरधुरीसँग अनुदान सम्झौता भईसकेको छ भने क्रमसः ३९ हजार ७ सय ५९, १७ हजार ३ र ७२ हजार २ सय ८९ घरधुरीले पहिलो किस्ताको ५० हजार रूपयाँ बुझिसकेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक