2026-06-24 11:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्कीको महाअभियोग संसदमा पेश नै नभई संसद् बैठक ३ दिनका लागि स्थगित

2016-10-20

कार्तिक ४, काठमाडौं । महाअभियोग प्रस्ताव बारे छलफल गर्न बोलाएको आजको व्यवस्थापिका संसद्को बैठक बस्दै नबसी ३ दिनका लागि स्थगित भएको छ । 

बैठक आज दिउँसो १ बजेका लागि निर्धारण गरिएकामा सभामुख ओनसरी घर्तीले यही कात्तिक ७ गते बिहान ११ बजेसम्मका लागि स्थगन  गरेको संसद् सचिवालयको सूचनामा जनाइएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध बुधबार दर्ता भएको महाभियोगका प्रस्ताव पेस गर्ने बैठकको कार्यसूची रहेकामा राजनीतिक दलबीच परामर्श जारी रहेकाले बैठक स्थगन भएको हो । 

नेपालको संविधानको धारा १०१ को उपधारा २ एवम् व्यवस्थापिका संसद् नियमावली २०७३ को नियम १६८ को उपनियम (१) बमोजिम महेन्द्रबहादुर शाही सहित १५७ सांसद्हरुले दर्ता गरेको महाअभियोग प्रस्तावमाथि आज छलफल हुने कार्यसूची रहेको थियो ।

अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध परेको महाअभियोगको प्रस्ताव पछि उत्पन्न राजनीतिक परिस्थितिका कारण घर्तीले जेनेभा जाने कार्यक्रम अन्तिम समयमा स्थगित समेत गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक