कात्तिक ४, काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता एनपी साउदले अख्तियार दुरूपयोग अनुशन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनेबारेमा आफ्नो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ४, काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता एनपी साउदले अख्तियार दुरूपयोग अनुशन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनेबारेमा आफ्नो "/>
2026-06-24 11:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाअभियोग लगाउनेबारे काँग्रेसमा कुनै छलफल भएको छैन: साउद

2016-10-20

कात्तिक ४, काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता एनपी साउदले अख्तियार दुरूपयोग अनुशन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनेबारेमा आफ्नो पार्टीले अहिलेसम्म कुनै छलफल नै नगरेको स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता साउदले कार्कीलाई महाअभियोग लगाउनेबारेमा पार्टीभित्र अहिले छलफल पनि नभएको र अहिले दर्ता भएको प्रस्तावमा कुनै संलग्नता नै नरहेको स्पष्ट पारे । उनले अघि थपे,‘महाअभियोगबारेमा अहिलेसम्म नीतिगत तथा संस्थागत निर्णय भएको छैन, हामी औपचारिक रुपमा छलफल गरेरमात्रै यसबारेमा निर्णय गर्छौं ।’

साक्षात्कार कार्यक्रममा बोल्दै नेता साउदले आजबाट सुरु भएको केन्द्रिय समितिको बैठकमा यो विषय एजेण्डा नभएपनि यसबारेमा समेत अनौपचारिक छलफल हुने बताए । उनले अघि थपे,‘महाअभियोगको विषय भनेको संसदको स्वामित्को विषय हो ।’

उनले संविधान संशोधन गर्दै यसको सर्वस्विकार्यताका लागि सबै पक्षसँग वार्ता तथा छलफल भैरहेकोले यसबारेमा समेत पाटीलै चाँडै आधिकारिक धारणा सार्वजनिक गर्ने जनाए । साउदले थपे,‘आजबाट चलेको केन्द्रिय समितिको बैठकले संविधान संशोधनको बारेमा समेत साझा धाराणा बनाउँछ ।’ 

उनले प्रदेशको सिमांकनको विवाद टुँगो लगाउने, नागरिकताको विषय र समावेशिताको विषयमा समेत सकारात्मक रुपमा छलफल गर्दैै धारणा बाहिर ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक