पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/cef0b8d2e19dff0a62c4ac1291133a381477041384.jpg" style="float: left;">प्रेम सुनार/कात्तिक ५, गुल्मी ।युवा संघ नेपालका पुर्व केन्द्रिय अध्यक्ष तथा नेकपा एमालेका युवा नेता महेश बस्नेत भोली गुल्मी आउँने भएका छन् । युवा संघ नेपाल रेसुङ्गा नगर कमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्न पुर्व मन्त्री समेत रहेका बस्नेत भोली सदरमुकाम तम्घास आउने आयोजकले जनाएका छन् ।<br></p><p>भोली दिउँसो तम्घासको वालमन्दिर प्राङ्गणमा हुन गई रहेको अधिवेशनको अन्तिम तयारी पुरा भएको युवा संघ नेपालका जिल्ला संयोजक मोहन पाण्डेले जानकारी दिए ।</p><p>चार वटा साविकका गाविस मिलेर बनेको रेसुङ्गा नगरपालिकामा हुन गई रहेको पहिलो नगरअधिवेशनमा एमाले निकट युवाहरुको शक्ति प्रदर्शनका हिसावले पनि निकै महत्वका साथ लिईएको छ । </p>

