प्रेम सुनार/कात्तिक ७, गुल्मी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य शेखर कोईरालाले मधेशी मोर्चाले उठाएका मागहरु सम्वोधन गरेरै छाड्नु पर्नेमा जोड दिएका छन् ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/कात्तिक ७, गुल्मी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य शेखर कोईरालाले मधेशी मोर्चाले उठाएका मागहरु सम्वोधन गरेरै छाड्नु पर्नेमा जोड दिएका छन् ।
2026-06-25 12:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेसी मर्चाका माग पुरा गर्नैपर्छ: कोईराला

2016-10-23

प्रेम सुनार/कात्तिक ७, गुल्मी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य शेखर कोईरालाले मधेशी मोर्चाले उठाएका मागहरु सम्वोधन गरेरै छाड्नु पर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस गुल्मीले सदरमुकाम तम्घासमा रहेको पार्टी कार्यालयमा आयोजना गरेको कार्यकता भेटघाट तथा अन्तरकृया कार्यक्रमलाई सम्वोधन गर्दै नेता कोईरालले भने–‘ संविधान संशोधन गरेर हामीले मधेसी मोर्चाले उठाएका मागहरु हामीले सम्वोधन गर्ने पर्छ ।’

नेकपा एमालेले  विरोध गर्दै आई रहेको चारवटा विषयलाई सम्वोधन गर्नु पर्ने कुरालाई जोड दिदै उनले यस भेगका पाहडी जिल्लावासीका लागि तराईका जिल्ला छुटाउन नहुने माग जायज भए पनि तत्कालिन प्रधानमन्त्री सुशिल कोईराला र एमालेका अध्यक्ष केपी ओली विच नवलपरासी देखि वर्दिया सम्म एउटै प्रदेश बनाउने सहमतिको दस्तावेज अहिले पनि संसदमा भएको  खुलसा गरे ।

उनले  माओवादी केन्द्र र नेकपा एमाले विच तान्डव नृत्य भएको आरोप लगाउँदै उनले तत्कालिन अवस्थामा जिल्लका नेताहरु संग छलफल परामर्श गर्नु त परै जाओवस केन्द्रिय समिति र सांसदहरु विच  संग समेत छलफल नगरी त्यस्तो विषय उठाईएको उनको भनाई थियो ।

कार्यक्रममा अर्का केन्द्रिय सदस्य आनन्दप्रसाद ढुङ्गना, नेवि संघका निर्वतमान केन्द्रिय अध्यक्ष रञ्जीत कर्ण लगायतका भातृ संगठनका अन्य केन्द्रिय नेताहरुले समेत मन्तव्य राखेका थिए । कार्यक्रमा नेपाली कांग्रेस गुल्मीका पुर्व जिल्ला अध्यक्षहरु, पुर्व पदाधिकारीहरु, महाधिवेशन प्रतिनिधीहरु, महासमिति सदस्यहरु, भातृ संगठनका नेताहरु, क्षेत्रिय समितिका सभापतिहरु र गाउँ स्तरका नेताहरुको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति भुवनप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष हरिबहादुर केसीको स्वागत मन्तव्य र सचिव खिलध्वज पन्थीको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक