2026-06-24 08:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा स्थानिय निकायप्रति धेरैमा खुशीयाली थोरैमा असन्तुष्टी

प्रेम सुनार । कात्तिक १३, गुल्मी | अन्तिम टुङ्गोमा नपुगे पनि  गुल्मी जिल्लाका राजनैतिक दलहरुले तयार पारेको स्थानिय निकायको खाका प्रति केहि स्थानमा छिटपुट असन्तुष्टी वाहेक अन्य धेरै स्थानमा खुशीयाली छाएको पाईएको छ ।

मजुवामा केन्द्र बन्नु पर्छ, नबेन आन्दोलनको आँधीवेरी ल्याउछौं भन्दै शनिवार त्यहाँका केहि राजनैतिक दलका नेताहरु सदरमुकाममा आए पनि तुराङ्ग गाविसकै माथील्लो भेगका जनताले शान्तिपुर केन्द्र नै आफुहरुलाई स्वागत योग्य भएको प्रतिकृया दिएका छन् ।

तुराङ्ग वडा नम्वर ९ का निवर्तमान वडा अध्यक्ष तथा हालका वडा संयोजक वावुराम बोहराले  तुराङ्ग ८ र ९ लाई शान्तिपुर केन्द्र पायक पर्ने बताए । उनले भने –‘मजुरवा बजारका केहि व्यक्तिहरु हिजो तम्घास गएर विरोध जनाए भन्ने सुनेको छु तर हामी जस्तो विकट गाउँका जनता र  म स्वयम  जनप्रतिनिधीलाई एक पटक सोध्ने बोलाउने चेष्टा  समेत गरिएन् ।’

उनले २०६४/०६५साल तिर गाविस कार्यालय माथी पिपलपाटामा राख्ने निर्णय गरिए पनि मजुवा बजारवासीले सार्न नदिएर  माथील्लो भेगका जनतालाई सास्ती दिएकोले मजुवाका सिमित व्यक्तिहरुले चाँहदैमा सवै तुराङ्गवासीको विरोध छ भन्नु गलत हुने धारणा राखे । वडा नम्वर ८ र ९ का अधिकांस जनताले पनि आफुहरुलाई शान्तिपुर वा मजुवा जहाँ भए पनि ठिकै हुने प्रतिकृया दिए ।

उता आँपचौरका जनता भने  मजुवा वा त्यस वरापरको स्थानमा केन्द्र भए पायक पर्ने तर वामीटक्सार टाढा पर्ने बताउँदै आएका छन् ।   त्यस गाउँकावासीन्दा तथा नेकपा एमालेका जिल्ला सदस्य जिवन खरेलले त्यहाँका सम्पुर्ण जनता असन्तुष्ट रहेको र ईलाका नम्वर ४ लाई टुक्राईए स्थिती गम्भीर हुने चेतवानी दिदै आएका छन् ।

तर सोही ईलाकामा पर्ने दिव्रुङ्गका  जनता भने शान्तिपुरमा केन्द्र बनाईएको प्रति हर्षित देखिएका छन् । रुपाकोटको माथील्लो भेग पनि शान्तिपुर केन्द्र भएमा राम्रै हुने पक्षमा  देखिएका छन् ।  रुपकोटको सोता गाउवासीलाई भने अलि मर्का पर्ने बताईएको छ । तत्कालिन गुल्मी जिल्ला अर्घाखाँची सहितको हुँदा तम्घासलाई सेन्टर मानेर सदरमुकाम बनाईए पनि पछि छुट्टीदा मजुवामै सदरमुकाम राख्न त्यहाँका वासीन्दाले माग गरेका थिए ।

तत्कालिन युद्धरत माओवादीले पनि  सेन्टर मानेर मजुवामा जनसरकार घोषणा गरेको थियो । यसर्थ पनि मजुवा त्यस भेगका गाविसहरुका लागि सेन्टर पर्ने र आवश्यक भौतिक संरचना समेत रहेकोले त्यहाँ केन्द्र बनाईनु पर्ने तुराङ्गका निवर्तमान गाविस अध्यक्ष चेतन वस्नेतले जोड गरे ।

तर कुर्घालाई मजुवा पायक नपर्ने त्यहाँका समाज सेवी ज्ञानहरी सापकोटाले बताए । ‘हामीलाई वामी नजिक पर्दछ’– नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी समेत रहेका सापकोटाले भने–‘तुराङ्गका हाम्रा पार्टी सभापति टिकाराम जिले मजुवामा केन्द्र बनाउनका लागि हामी संग सहयोग त मान्नु भएको थियो तर  जहाँका पनि जनताले नजिक भन्दा नजिक केन्द्र चाहने भएकोले सहयोग गर्न सकिने अवस्था रहेन, वामी नै हामीलाई ठिक छ ।’

उता जैसीथोकको वरबोट, पुर्कोटदह, अर्खवाङ्ग, यता गौडाकोट, भेडुवा, घिउवेसी, पुर्तिघाट, शान्तिपुर, खैरेनी, लगायतका स्थानमा प्रस्ताव गरिएको केन्द्रका विषयमा अहिले सम्म विरोध आएको छैन तर ईस्माको चाँपटारीमा केन्द्र राख्ने विषयमा भने माथील्लो भेगका अधिकांस जनताले विरोध जनाएका छन् । ईस्माको पुछारमा अधिकांसलाई अपायक पर्ने भन्दै माथी ईस्माको मैदानमा केन्द्र राखिनु पर्ने दोहलीका पुराना समाज सेवी चन्द्रबहादुर महतले माग गरे ।

उनले तल चाँपटारी अन्य गाविसका जनतालाई पनि अपायक हुने भएकोले त्यसमा तत्काल पुनरविचार गर्न कार्यदलमा सहभागी जिल्लाका नेताहरुलाई आग्रह गरे । लामो समय देखि अथक मेहनत गरेर जिल्लामा दलका नेताहरुले बनाएको  खाकामा चन्द्र्रकोट, ईस्मकोट, ऐतिहाँसिक चरपाला दरवार, धुर्कोट, पुर्कोटदह सम्मलाई सम्वोधन गरिएको छ ।

तर मुसिकोटलाई भने सम्वोधन नगरिएको प्रति त्यहाँका जनता असन्तुष्ट रहेका छन् । वामीटक्सारमा केन्द्र बनाईए पनि रुद्रवतीको सट्टा  मुसिकोट नगरपालिका नामकरण गर्नु पर्ने  त्यहाँका जनताको माग रहेको छ ।

जिल्ला स्थित दलका नेताहरुले पुनरसंरचना गर्दा यदाकदा असन्तुष्टीहरु  भए पनि चित्त बुझाई दिन आग्रह गरेका छन् । पुनर संरचना प्राविधिक सहयोग समितिका अध्यक्ष रहेका  स्थानिय विकास अधिकारी डिलाराम पन्थीले आयोगले  तोकेको मापदण्डमा रहेर बढिसेबढि मेहनत गरेर कोरिएको  खाकालाई  जिल्ला स्थित आम सहमतिमा अन्तिम टुङ्गो दिने प्रयासमा जुटिएको  बताए । कतिपय विषयको अझै टुङ्गो लाग्न नसकेकोले तिहार पछाडी मात्रै अन्तिम रुप दिईने उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक