2026-06-24 09:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हरियो पासपोर्ट बोक्दा पूर्वप्रधानमन्त्रीनै अपमानित, सर्वसाधारणलाई के होला ?

कात्तिक १३, काठमाडौं | नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई सनिबार चीनमा अपमानित बने जसको कारण थियो हरियो पासपोर्ट ! सरकारले रातो पासपोर्ट दिएपनि उनले हरियो पासपोर्ट बोकेर चीन जाँदा आफु अपमानमा परेको बताएका छन् । 

हाल चीनको भ्रमणमा रहेका भट्टराईलाई ग्वान्जाउबाट हङकङसम्म रेलमा यात्रा गर्दा अपमान गरिएको भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत शनिबार साँझ बताएका हुन् । भट्टराईले सामाजिक संजालमा भनेका छन् ‘ग्वान्जाऊबाट हङकङसम्म रेलमा यात्रा गर्दा महात्मा गान्धीको दक्षिण अफ्रिका यात्राको दु:खद सम्झना भयो । सामान्य यात्रीको रूपमा नेपाली पासपोर्टको विदेशमा कति अपमान हुँदोरहेछ, भन्ने प्रत्यक्ष अनुभूति भयो ।’ 

उनले नेपाल आर्थिक रुपमा पछि परेकै कारण नेपालीमाथि अपमान भएको ठोकुवा गर्दै भनेका छन्, ‘यस घटनाबाट आर्थिक रूपले समृद्ध नबनेसम्म नेपालीको सम्मान विदेशमा रहन्न र त्यसका निम्ति आर्थिक विकासलाई अर्जुनदृष्टि लगाएर नयाँ शक्ति अभियानमा अरू दृढतापूर्वक लाग्नुपर्छ भन्ने अठोट झन् बढेको छ ।

भट्टराई २१ औं शताब्दीको सामुन्द्रिक सिल्क रोड प्रदर्शनमा सहभागी बुधबार चीन पुगेका थिए । भट्टराईसँगै उनकी पत्नी हिसिला यमी पनि चीन भ्रमणमा सामेल छिन् । भट्टराईलाई १ घण्टा हङकङस्थित अध्यागमनले नियन्त्रणमा लिएको थियो । सरकारले रातो पासपोर्ट दिएपनि भट्टराई हरियो पासपोर्ट बोकेर त्यहाँ गएका थिए, हरियो पासपोर्ट देखेपछी हङकङ अध्यागमनका अधिकारीहरुले भट्टराई सहित तीनै जनालाई अर्को कोठातिर इशारा गर्‍यो । तर अध्यागमनका अधिकारीहरुले उनलाई पिपुल इन कस्टडी/पिपुल अण्डर इन्भेष्टिगेशनमा लगेर राखेपछि भट्टराईले आफु अपमानित भएको महशुस गरेको बताएका छन् ।

झन्डै एक घण्टा त्यहाँ बसेका भट्टराईलाई पछी अध्यागमनका अधिकारीहरुले सरी मात्र भनेको तर, के गल्ती भयो भन्दा केही नबोलेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक