2026-10-28 01:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा आन्दोलनकारीले रोके सिडियो र एसपीको गाडी, यातयात ठप्प

प्रेम सुनार । कात्तिक २०, गुल्मी | गुल्मीको ४ नम्वर ईलाका  र ८ नम्वर ईलाकाको जुभुङ्ग, वलिथमु सहितका गाविसहरु एउटै स्थानिय निकाय भित्र हुनु पर्ने माग राख्दै कार्तिक १३ गते देखि आन्दोलनरत संघर्ष समितिले गरेको आज चक्का जामको पहिलो दिन सदरमुकामबाट वामी तर्फ जाँदै गरेका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सवार दुई वटा गाडीहरु ईन्द्रगौडामा वन्दकर्ताले रोकेर राखेका छन् ।

त्यस्तै ईलाका नम्वर ४ का  शान्तिपुर जाने, वामी जाने र सदरमुकाम तम्घास आउने सवै रुटहरु बन्दकर्ताले ठप्प पारेका छन् । आँपचौरको ईन्द्रगौडामा आन्दोलनको नेतृत्व सम्हालेका संघर्ष समितिका सदस्य रमेशचन्द्र खरेलले  प्रशासनले वामीचौकी निरीक्षण गर्न जाने निहुमा आन्दोलन तुहाउन खोजेको आशंकामा  प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर र प्रहरी उपरीक्षक भोलाबहादुर रावल सहित सवार दुई वटा गाडीहरु ईन्द्रेगौडा नाकाबाट छिर्न नदिएको बताए ।

प्रहरी उपरीक्षक रावल संग सम्पर्क राख्दा उनले आफुहरुलाई आधा घण्टा सम्म रोकेर राखेको बताए । उनले भने–‘ भारतीय नाका वन्दी देखि मधेश आन्दोलनको बेलामा समेत वन्दकर्ताहरुले  प्रशासन र सुरक्षा निकायलाई रोकेका  थिएनन्,  तर उहाँहरुले यो के गर्न खोज्नु भएको हो , हामी कुराकानी गर्दैछौं । ’  संघर्ष समितिले हिजो साँझ जारी गरेको प्रेस विज्ञप्ती मार्फत दोश्रो चरणको आन्दोनका कार्यक्रम अन्तर्गत आज देखि तिन दिन सम्म ति ईलाकाहरुमा चक्का जाम गर्ने र २२ गते सम्पुर्ण पसल, कलकारखाना उद्योग धन्दा, सरकारी तथा गैह्र सकारी संघ संस्था र शैक्षिक संस्था समेत बन्द गर्ने घोषणा गरेको थियो । 

पहिले चरणको आन्दोलनमा दुई दिनसम्म जिल्ला विकास समितिमा धर्ना, नारा जुलुस गरेको थियो । त्यसबाट स्थानिय निकाय निर्धारण कार्यदलले  माग पुरा नगरे पछि दोश्रो चरणको कार्यक्रम घोषणा गरिएको संर्घष समितिका सचिव कमल न्यौपानेले जानकारी दिए । यदि यो दोश्रो चरणको आन्दोलनले पनि माग सुनुवाई नभए संघर्षका थप कडा कार्यक्रमहरु तय गरिने चेतवानी न्यौपाने सहितको सचिवालयले दिएको छ । कार्यदलमा रहेका नेताहरुले दुई दिन सम्म माग सुनुवाई गर्ने भन्दा पनि आलटाल र ढिला सुस्ती गर्दै आन्दोलनकारीहरुलाई थकाएर आन्दोलन तुहाउने दुष्प्रयास गरेको आरोप लगाउँदै  चरणबद्ध कडा कार्यक्रमहरु अगाडी बढाउँदै लगिने संघर्ष समितिका संयोजक जिवन खरेलले बताए ।

उनले चार नम्वर ईलाका, ८ नम्वर ईलाका भित्रका गाविसहरुलाई एउटै स्थानिय निकाय कार्यदलले घोषणा नगरेसम्म आन्दोलन एक ईञ्च पनि पछि नहट्ने र आवस्यकता परे सिंङ्गो गुल्मी जिल्ला ठप्प पार्ने चेतावनी समेत दिए । संघर्ष समितिद्धारा जारी विज्ञप्तीमा ईतिहाँसको यो घडिमा ति ईलाकावासीहरुको भविश्य निर्धारण गर्ने  समय आएकोले सवै पक्षको सहयोगका लागि अपिल समेत गरिएको छ । 

यो समाचार तयार पार्दा पार्दै झण्डै पौने घण्टा रोकिएर बसेको प्रमुख जिल्ला अधिकारी  राना मगर संग सम्पर्क संघर्ष समिति संगको समन्वय पछि आफुहरुको गन्तव्य स्थान तर्फ गाडी जान दिईएको बताए ।  नियमित र पुर्व निर्धारित कार्यक्रम अनुसार आफुहरु वामी ईलाका प्रहरी कार्यालयको निरीक्षणमा जान लागिको प्रजिअ राना मगरको टोलीले बताएको छ । 

उता वुटवल, लगायतका स्थानबाट शान्तिपुर देखि, बाग्लुङ्ग यता वामी देखि वाग्लुङ्ग सम्म जाने र तिहार मानेर देश विदेश सम्म जाने यात्रुहरुका गाडीहरु पनि ठप्प भए पछि यात्रुहरु अलपत्र परेको बताईएको छ । त्यस्तै रिडी वजारको टोली पनि जिल्लाको सवैभन्दा पुरानो व्यापारिक केन्द्र र  देशकै प्रशिद्ध धार्मिक क्षेत्र रुरु क्षेत्रमा स्थानिय निकायको केन्द्र हुनु पर्छ भन्ने माग राख्न सदरमुकाम आउँदै गरेको बताईएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला