2026-07-07 07:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा आन्दोलनकारीले रोके सिडियो र एसपीको गाडी, यातयात ठप्प

प्रेम सुनार । कात्तिक २०, गुल्मी | गुल्मीको ४ नम्वर ईलाका  र ८ नम्वर ईलाकाको जुभुङ्ग, वलिथमु सहितका गाविसहरु एउटै स्थानिय निकाय भित्र हुनु पर्ने माग राख्दै कार्तिक १३ गते देखि आन्दोलनरत संघर्ष समितिले गरेको आज चक्का जामको पहिलो दिन सदरमुकामबाट वामी तर्फ जाँदै गरेका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सवार दुई वटा गाडीहरु ईन्द्रगौडामा वन्दकर्ताले रोकेर राखेका छन् ।

त्यस्तै ईलाका नम्वर ४ का  शान्तिपुर जाने, वामी जाने र सदरमुकाम तम्घास आउने सवै रुटहरु बन्दकर्ताले ठप्प पारेका छन् । आँपचौरको ईन्द्रगौडामा आन्दोलनको नेतृत्व सम्हालेका संघर्ष समितिका सदस्य रमेशचन्द्र खरेलले  प्रशासनले वामीचौकी निरीक्षण गर्न जाने निहुमा आन्दोलन तुहाउन खोजेको आशंकामा  प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर र प्रहरी उपरीक्षक भोलाबहादुर रावल सहित सवार दुई वटा गाडीहरु ईन्द्रेगौडा नाकाबाट छिर्न नदिएको बताए ।

प्रहरी उपरीक्षक रावल संग सम्पर्क राख्दा उनले आफुहरुलाई आधा घण्टा सम्म रोकेर राखेको बताए । उनले भने–‘ भारतीय नाका वन्दी देखि मधेश आन्दोलनको बेलामा समेत वन्दकर्ताहरुले  प्रशासन र सुरक्षा निकायलाई रोकेका  थिएनन्,  तर उहाँहरुले यो के गर्न खोज्नु भएको हो , हामी कुराकानी गर्दैछौं । ’  संघर्ष समितिले हिजो साँझ जारी गरेको प्रेस विज्ञप्ती मार्फत दोश्रो चरणको आन्दोनका कार्यक्रम अन्तर्गत आज देखि तिन दिन सम्म ति ईलाकाहरुमा चक्का जाम गर्ने र २२ गते सम्पुर्ण पसल, कलकारखाना उद्योग धन्दा, सरकारी तथा गैह्र सकारी संघ संस्था र शैक्षिक संस्था समेत बन्द गर्ने घोषणा गरेको थियो । 

पहिले चरणको आन्दोलनमा दुई दिनसम्म जिल्ला विकास समितिमा धर्ना, नारा जुलुस गरेको थियो । त्यसबाट स्थानिय निकाय निर्धारण कार्यदलले  माग पुरा नगरे पछि दोश्रो चरणको कार्यक्रम घोषणा गरिएको संर्घष समितिका सचिव कमल न्यौपानेले जानकारी दिए । यदि यो दोश्रो चरणको आन्दोलनले पनि माग सुनुवाई नभए संघर्षका थप कडा कार्यक्रमहरु तय गरिने चेतवानी न्यौपाने सहितको सचिवालयले दिएको छ । कार्यदलमा रहेका नेताहरुले दुई दिन सम्म माग सुनुवाई गर्ने भन्दा पनि आलटाल र ढिला सुस्ती गर्दै आन्दोलनकारीहरुलाई थकाएर आन्दोलन तुहाउने दुष्प्रयास गरेको आरोप लगाउँदै  चरणबद्ध कडा कार्यक्रमहरु अगाडी बढाउँदै लगिने संघर्ष समितिका संयोजक जिवन खरेलले बताए ।

उनले चार नम्वर ईलाका, ८ नम्वर ईलाका भित्रका गाविसहरुलाई एउटै स्थानिय निकाय कार्यदलले घोषणा नगरेसम्म आन्दोलन एक ईञ्च पनि पछि नहट्ने र आवस्यकता परे सिंङ्गो गुल्मी जिल्ला ठप्प पार्ने चेतावनी समेत दिए । संघर्ष समितिद्धारा जारी विज्ञप्तीमा ईतिहाँसको यो घडिमा ति ईलाकावासीहरुको भविश्य निर्धारण गर्ने  समय आएकोले सवै पक्षको सहयोगका लागि अपिल समेत गरिएको छ । 

यो समाचार तयार पार्दा पार्दै झण्डै पौने घण्टा रोकिएर बसेको प्रमुख जिल्ला अधिकारी  राना मगर संग सम्पर्क संघर्ष समिति संगको समन्वय पछि आफुहरुको गन्तव्य स्थान तर्फ गाडी जान दिईएको बताए ।  नियमित र पुर्व निर्धारित कार्यक्रम अनुसार आफुहरु वामी ईलाका प्रहरी कार्यालयको निरीक्षणमा जान लागिको प्रजिअ राना मगरको टोलीले बताएको छ । 

उता वुटवल, लगायतका स्थानबाट शान्तिपुर देखि, बाग्लुङ्ग यता वामी देखि वाग्लुङ्ग सम्म जाने र तिहार मानेर देश विदेश सम्म जाने यात्रुहरुका गाडीहरु पनि ठप्प भए पछि यात्रुहरु अलपत्र परेको बताईएको छ । त्यस्तै रिडी वजारको टोली पनि जिल्लाको सवैभन्दा पुरानो व्यापारिक केन्द्र र  देशकै प्रशिद्ध धार्मिक क्षेत्र रुरु क्षेत्रमा स्थानिय निकायको केन्द्र हुनु पर्छ भन्ने माग राख्न सदरमुकाम आउँदै गरेको बताईएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने