प्रेम सुनार । स्थानिय निकायको जन्मदिन गुल्मीका शिर्ष नेताहरुलाई प्रसव पिडा जस्तै परेको छ ।

महिनौं सम्म सर्वदलिय ठोंड जोडेर कार्यदलले स्थानिय निकायको गर्भधार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार । स्थानिय निकायको जन्मदिन गुल्मीका शिर्ष नेताहरुलाई प्रसव पिडा जस्तै परेको छ ।

महिनौं सम्म सर्वदलिय ठोंड जोडेर कार्यदलले स्थानिय निकायको गर्भधार"/>

2026-06-25 04:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्यदलले गराएको गर्भधारणले शिर्ष नेतालाई प्रसव पिडा

2016-11-08

प्रेम सुनार । स्थानिय निकायको जन्मदिन गुल्मीका शिर्ष नेताहरुलाई प्रसव पिडा जस्तै परेको छ ।

महिनौं सम्म सर्वदलिय ठोंड जोडेर कार्यदलले स्थानिय निकायको गर्भधारण गराएर जन्मदिने जिम्मा शिर्ष नेताहरुलाई दिएको थियो । सोहीअनुरुप सवै दलकाशिर्ष नेताहरुलाई हप्तौसम्म व्याथा लाग्यो । हिजो राती अवेर सम्मपनि प्रसव पिडा  खेपेका यहाँका शिर्ष नेताहरुलाई आन्दोनरत महिलाहरुले सोडेनीका रुपमा सघाउँदा समेत स्थानिय निकायको जन्मदिन नसकेको बताईएको छ ।

श्रोतकाअनुसार जिविस भित्रको  सभाहल भनिने अस्पताल भित्र सल्यकृया हुननसके पछि हिजो दिउँसो तम्घासको एक होटलमा विशेष डाक्टरहरुलाई बोलाएर सल्यकृयाको प्रयास गरिएको थियो । घण्टौंसम्म प्रयास गरिए पनि स्थानिय पुनरसंरचना रुपीशिशु आधा भागमैं अड्किएपछि नवजातशिशुको मुहार हेर्न र सेक्नका लागि वाहिर आगो फुक्दै र तेल तताउँदै वसीरहेका आफन्तजनहरुमा निरासा छाएको थियो । निरास आफन्त जनमध्येका एक जना भन्छन् –‘यो गर्भ  तेरो, यो मेरो’को दहलफसलका कारण  विचमैं अडकिएको हो ।

अर्को एक श्रोत भन्छ –‘ कार्यदलले गर्भधारण गराउने बेलामा भोलिको परिणाम ख्याल नगरेका कारण यस्तो हुन गएको हो । गर्भवतीहरु (शिर्ष नेताहरु ) आज विहानै देखि तम्घासका विभिन्न अस्पतालहरुमा सफल शल्यक्रियाका लागि चिकित्सकहरुबिच परार्मशमा जुटेको बताइएको छ ।

मुख्यतिन वटा गर्भवती घरानहरु (प्रमुखतिनदल) एक आपसमा टस्कमश हुन नसकेपछि छिमेकी अरु गर्भवतीहरुले शिशु जन्मदिने अर्को एक उपाय निकालेको जनाइएको छ । तर प्रमुख तिन दल भने गाउँघरे शैलीमै जन्म दिनुपर्छ भन्ने पक्षमै लागिपरेको स्रोत बताउँछ ।

कुनै एक दलभने डाक्टरले तोकेको शिशुको संख्या बढाउनु पर्छ भन्दै गरेको भन्ने सुनिएको छ । डाक्टरले दिएको  म्यादहिजो अन्तिमहो भनिए पनि नौ महिनेको सट्टा कहिनभाको जात्रा हाँडी गाउँमा भने झैं दश महिने वाबाह्रमहिने हुने होकीभन्ने चिन्ताआफन्तजनमा रहेको छ ।  छिमेकी जिल्ला पाल्पालगायतमा भने अँस्तीदेखि नै पुर्नसंरचनारुपी शिशु जन्मेको खुसीयाली मनाइएको छ । छैठीँ समेत गरी न्वारनका लागि पशुपतिनाथ मन्दिरतर्फ (आयोग ) जाँदै गरेको पाल्पाका एक पन्डितले बताएका छन् । तान्सेनले त्यति धेरै टाढा अर्गेलीकी मैयाँलाई टपक्कै टिपेर लैजाँदा समेत स्थानियले सहेका छन ।

तर, दुई तिन घण्टाको दुरीमा रहेका गुल्मीका केहि मैयाहरुसँगको सम्बन्ध जोड्न खोज्दापनि टाढा प¥यो, चिना–गोत्रामिलेन जस्ता कुराहरुको अड्को थाप्ने सर्वसाधारण गुल्मीलीहरु पनि दोषी भएको पाल्पालीहरुको आरोप छ । गुल्मीमा सफल शल्यक्रिया हुननसके रिफर गरी पाल्पा पठाइदिन वाहुतीहारा भयौ भन्दै काठमाडौँको विरअस्पाताल पठाइदिन उनिहरुद्धारा सुझाव दिइएको छ ।

गुल्मीमा शुरुमा बढिमा नौ सन्तान जन्माउन भनिएको थियो । तर बाबुहरु (गाउँप्रमुखहरु) धेरै  बन्ने चाहानामा बाह्र सन्तानको माग इश्वरसँग (आयोग संग) गरिएपछि दयावान इश्वरले पुरा  गराईदिएका थिए । तर गजबको कुरा शुरुमा नौ सन्तान पनि वढी हुन्छन, पाल्न सकिदैन भनेको एक वावुले –(एक दलले) अहिले तेह्र सन्तान ईश्वर (आयोग ) सँग माग गरौ, अंशपात मिलाउन ग्राहो प¥यो भन्दै अड्को थापेको बताइएको छ ।

भावी सन्तानहरुको अंशपात कसैले वेशी–खेत रोज्ने, कसैले डाँडापाखा रोज्ने त कसैले बुढो घर मलाई नै चाहिन्छ भन्दैपाखुरा निमोठा–निमोठ गरेका कारणले पनिगर्भमा रहेको शिशुले लौ तखाऊ भनेर गर्भवतिहरुलाई थप पिडा दिनचाहेको तल्लो पेट श्रोतले बताएको छ ।

शिशु सेकसाकका लागिआगो फुक्ने र तेल तताउने कार्य सदरमुकाम तम्घास मात्र नभई आज विहानै देखि गौडाकोट, जुभुङ्ग, मजुवा, इन्द्रेगौडा, रिडी, खज्याङ् लगायतका स्थानमापनि शुरु गरिएको जानकारी गराइएको छ । शिशु जन्मीने कुरामा ढुक्क भएका स्थानमा भने घिऊ–तेल, कुखु्ररा लगायतको शिशु–सुत्केरी पोषणको जोरजाम हुन थालेको बताइएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक