Skip to content
Friday, July 17, 2026 Nepali Online Media

गुल्मीमा दिउँसै राँके जुलुस

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार/मङ्सिर १९, गुल्मी । पाँच नम्वर प्रदेशबाट गुल्मी टुक्राउन पाईदैन भन्ने माग राख्दै सुरु गरिएको आन्दोलनका आज पाँचौ दिन आन्दोलनकारीले दिउँसै राँके जुलुस प्रदर्शन गरेर सरकार प्रति विरोध जनाएका छन् ।

यस अघिका आन्दोलनहरुमा साँझपख राँके जुलुस प्रदर्शन गरिदै आएकोमा यसपाली आन्दोलनलाई फरक रुप दिन दिउँसै राँके जुलुस प्रदर्शन गरिएको हो ।  तम्घासको लाकुरी मञ्चबाट सुरु भएको राँके जुलुस तम्घास वजार परिक्रममा गरी पुन लाकुरी मञ्चमा आई कोण सभामा परिणत भएको थियो ।

यसै विच भोली दिउँसो एक वजे तम्घासको चिदिचौरमा विशाल जुलुस हुने संयुक्त जनआन्दोलन परिचालन समितिले जनाएको छ । यसै विच  गुल्मी जिल्लाका गाउँ गाउँमा पनि आन्दोलन तिव्र पारिएको समाचार प्राप्त भएको छ ।

पुकोटदहमा ७ गाविसका जनताले विरोध प्रदर्शन गरेको जनाईएको छ । यता ईस्मा, वामीटक्सार भेग, मजुवा, खैरेनी, शान्तिपुर रिडी वजेटक्सार लगायतका गाउँहरुमा पनि आन्दोलन चर्काएको हाम्रा प्रतिनिधीहरुले जानकारी दिएका छन् ।

आन्दोलनलाई थप सशक्त बनाउन आज दिउँसो संयुक्त जनआन्दोलन  समिति गुल्मीले पत्रकारहरु संग भेटघाट कार्यक्रम राखेको थियो । नेपाल पत्रकार महासंघको संयोजनमा गुल्मी उद्योग वाणिज्य संघको सभाहलमा राखिएको भेटघाट कार्यक्रममा पत्रकारहरुले आफुहरु पनि आन्दोलनमो मार्चा मै रहेको बताउँदै आन्दोलनलाई उर्जाशिल बनाउने समाचार लेखनमा कुनै कमी नराख्ने प्रतिवद्धता जनाएका थिए ।