पढ्न करिब 2 मिनेट लाग्छ

प्रेम सुनार । मंसिर–२३, गुल्मी । पहिलो गासमै दाँतमा ढुङ्गा लागे जस्तो गरी गुल्मीमा चलिरहेको आन्दोलनको राँको छिचोल्दै आज देखि कार्यभार सम्हाल्न बढो मुस्कीलले कार्यालय प्रवेश गरेका गुल्मीका सिडियो कृष्णप्रसाद ढुङ्गानाले यस ५ नम्वर प्रदेशवासीको माग संविधान सभाले मात्रै पुरा गर्न सक्ने अभिव्यक्ति दिएका छन् ।

पहिलो दिनको कार्याकाल सम्हालेको अवसरमा जिल्लावासीलाई सम्वोधन गर्ने क्रममा उनले कार्यकक्षबाटै सञ्चार माध्यम संग यस्तो अभिव्यक्ति दिएका हुन् ।

यस्तो छ उनको भनाई

–गुल्मी सहित ५ नम्वर प्रदेशका जनताले अवाज उठाउनु , माग गर्नु स्वभाविक हो तर त्यसको समधान संविधान सभाले नै गर्नेछ ।

–आन्लोन शान्तिपुर्ण बनाउन , जनजिविकाको सवालमा यहाँका सवै राजनैतिक दलहरु विच छलफल गरिनेछ ।

–कुनै पनि कार्याललय सञ्चालनमा अवरोध नगर्न पनि आग्रह गरिने छ

– म वारा जिल्लाको सिडियो भएर जाँदा संविधान जारी भएको थियो र त्यहाँ आन्दोलनको राँको चलेको थियो जहाँ म गएको विस वाईस दिनमै सम्वाद–सहमतिबाटै आन्दोलन साम्य भएको थियो । संयोग अहिले गुल्मी आउँदा पनि आन्दोलन चर्केकै वेला पर्यो, यहाँ पनि आन्दोलन छिट्टै रोकिएला भन्ने कुरामा आशावादी छु ।

– शान्ति सुरुक्षा दिने कुरामा कत्ति कशुर बाँकी राखिने छैन् ।

– जिविसमा ताला लगाउँदा सुरक्षा निकाय निरही भयो भन्ने नठानीयोस् , त्यसलाई कम्जोरीका रुपमा नलियोस् , आन्दोलन शान्तिपुर्ण नै बनोस् भन्ने हाम्रो चाहना हो

– गुल्मी जिल्ला शातिपुर्ण र सद्भावपुर्ण रुपले चलेको जिल्ला हो यसलाई त्यस्तै राख्न हामी सवैको प्रयास हुनु पर्दछ

– सरकारले संविधान संशोधन प्रस्ताव पेश गरेको छ । पेश भई सके पछि संविधान संभाले नै जनताबाट उठेका माग सम्वोधन गर्ने कुरा हो ।

–जनताको यो दवावलाई प्रशासनको तर्फबाट पनि माथी पठाउने काम भएको छ । सुनुवाई गर्ने निकाय यहाँ होईन संविधान सभा नै हो भन्ने कुरा बुझी दिनु प¥यो ।

आन्दोलनको आज नवौ दिन सरकारी निकायको तर्फबाट आएको यो पहिलो अभिव्यक्ति हो । हिजो सम्म यहाँ प्रशासन समेत वहिरो र अन्धो भनेर आन्दोलनकारीले कडा अभिव्यक्ति दिएका थिए ।