2026-06-25 05:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको सिमलटारीवासीले कुनैपनि नेतालाई छिर्न नदिने, भोलीको जनसभा बहिष्कार

प्रेम सुनार । मंसिर–२३, गुल्मी । ५ नम्वर प्रदेश टुक्राउन नदिने माग राख्दै गरिएको आन्दोलनको भोली दशौं दिन जिल्लाका ८ स्थान मध्ये सिमलटारीमा विशाल जनसभा  गर्ने घोषणा हिजो यहाँको संयुक्त जनआन्दोलन समितिले गरे लगत्तै  सिमलटारीवासीले उक्त जनसभा वहिष्कार गर्ने घोषणा गरेका छन् । 

हिजो स्थानिय निकाय निर्धारण गर्ने वेलामा ठुलै  शहरका रुपमा विकास भई सकेको र धेरै गाउँका लागि पायक पर्ने केन्द्र हुँदाहुदै पनि वेवास्ता गरिएकोबाट रुष्ट बनेका  मरभुङ्गका  सवै राजनैतिक दलहरुले आज विहान बैठक वसी सिमिलटारीमा जिल्लाका कुनै पनि दलका नेताहरुलाई कार्यक्रम गर्नका लागि छिर्न नदिने निर्णय समेत गरेको मरभुङ्ग स्थित हाम्रा समाचार प्रतिनिधी खड्ग नेपालीले जानकारी दिए । 

नेपाली कांग्रेस मरभुङ्गका सभापति मुक्तीराम पौड्याल, नेकपा एमालेका अध्यक्ष तुल्सीराम अर्याल, नेकपा माओवादी केन्द्रका ईञ्चार्ज स्र्यबहादुर जिसी लगायतका दलका नेता , समाज सेवी वुद्धिजिवी सर्वसाधरणहरुको भेलाले भोली गरिने भनिएको सिमलटारीको जनसभा वहिष्कार गर्ने निर्णण् गरिएको नेपाली जानकारी दिए । 

तपाईलाई भोली सिमलटारी जाने पत्रकारका रुपमा खटाईएको छ भन्ने सुनिएको छ तर यहाँका राजनैतिक दलले भोलीको कार्यक्रम वहिष्कार गरेर पर्सी शनिवार सिमलटारीवासीले आफै कार्यक्रम राखेर प्रेम सुनारलाई बोलाई जिल्लाका नेताहरु प्रतिको जनआक्रोष सञ्चार माध्यम सम्म पुराउने निर्णय समेत भएको छ , तपाई त्यस दिन अनिवार्य आउनु होला –नेपालीले भने ।  एक हप्ता अघि त्यहाँ पुग्दा  माओवादी केन्द्र मरभुङ्गका ईञ्चार्ज सुर्यबहादुर जिसीले आफ्नै पार्टीका नेताहरुले समेत मरभुङ्गवासीको माग सुन्न नसकेको गुनासो गरेका थिए । 

माओवादी , कांग्रेस एमालेले यस क्षेत्रको पार्टीका कार्यक्रम राख्दा सिमलटारीलाई केन्द्र मान्दै कार्यक्रम गर्न हुने अहिले स्थानिय निकाय बनाउँदा किन केन्द्र मान्न सकिएन ? यस्तो प्रश्न गर्दै त्यहाँका हरेक राजनैतिक दलका नेता कार्यकर्ता र आम सिमलटारीवासी रुष्ट छन् । माओवादीका पुर्व सभाषद  सागर , वर्तमान सांसद गोकर्ण विष्ट, सभाषद उमेदवार कांग्रेस नेता त्रैलोक्य प्रताव सेन लगायतमा सवै दलका नेताहरुले विगतमा कार्यक्रम गर्दा सिमलटारी क्षेत्र नम्वर ३ को केन्द्र भएको र भविश्यमा  त्यही रुपमा विकास गरिने भाषण समेत दिएको स्मरण गर्दै अव कुनै पनि दलले सिमलटारीमा पार्टीका जनसभाहरु गर्न नदिने उद्घोष गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ