प्रेम सुनार | मंसिर–२४, गुल्मी । गुल्मी आन्दोनकोे आज दशौं दिन  सिर्जनात्मक  दवाव कार्यक्रम गरिएको छ । झाडु जुलुसको आयोजना गरी हिजो अँस्ती टायर वालेर कालो भएको ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार | मंसिर–२४, गुल्मी । गुल्मी आन्दोनकोे आज दशौं दिन  सिर्जनात्मक  दवाव कार्यक्रम गरिएको छ । झाडु जुलुसको आयोजना गरी हिजो अँस्ती टायर वालेर कालो भएको ज"/>

2026-10-28 03:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी आन्दोलनको दशौँ दिन, क-कसले आज कहाँ कहाँ सम्वोधन गरे ?

प्रेम सुनार | मंसिर–२४, गुल्मी । गुल्मी आन्दोनकोे आज दशौं दिन  सिर्जनात्मक  दवाव कार्यक्रम गरिएको छ । झाडु जुलुसको आयोजना गरी हिजो अँस्ती टायर वालेर कालो भएको जिल्ला प्रशासन अगाडी लाकुरी मञ्च देखि तम्घास वजार पखाल्ने र सफा गर्ने सिर्जनात्मक कार्यक्रम गरिएको छ । 

सरकारको विकृति विसंगति फखाल्ने संकेतका रुपमा निकालिएको छाडु जुलुस तम्घास बजार सरसफाई सकेर पुन लाकुँरी मञ्चमा आई विरोध सभामा परिणत भएको थियो ।  आजको विरोध सभामा बढि मात्रमा महिलाहरु वत्ता बनाईएको थियो । यसै विच आज सरकार विरुद्धको आन्दोनमा सरकारकै साधन प्रयोग गरिएको थियो । 

रेसुङ्गा नगरपालिकाको दम्कल मगाएर त्यसबाट पानीको फोहरा हन्दै सडक पकालिएको दृश्य निकै रोमञ्चक देखिएको थियो । आजै जिल्लाका ९ स्थानमा विशाल जनसभाहरु गरिएको छ ।  

ईस्माको जनसभामा नेपाली कांग्रेसको तर्फबाट सचिव खिलध्वज पन्थी, नेकपा एमालेको तर्फबाट लक्ष्मण बिष्ट , माओवादी केन्द्रको तर्फबाट  संयोजक रिडीमा भएको आमसभामा नेपाली कांग्रेसका जिल्ला सदस्य  अनन्तराम पौडेल, एमाललेका जिल्ला सदस्य लिनकण्ठ गौतम , माओवादीबाट रामचन्द्र कँडेल लगायतका नेताहरुले सम्वोधन गरेका छन् । 

ईस्मामा नेपाली कांग्रेसबाट  सचिव खिलध्वज पन्थी , एमालेबाट  जिल्ला सदस्य लक्ष्मण विष्ट , माओवादी केन्द्रका संयोजक  विरबहादुर कार्कीलगायतका नेताहरुले सम्वोधन गरेका थिए । 

बलेटक्सारमा कांग्रेसबाट शालिक पन्थी , एमालेबाट सोमनाथ सापकोटा  र नेकपा माओवादी केन्द्रबाट  यदु  ज्ञवाली लगायतका नेताहरुले सम्वोधन गरेका छन् । वामीमा काङ्ग्रेसबाट भगतसिंह खड्का , एमालेबाट गणेश विश्वकर्मा , माओवादी केन्द्रबाट शुरेन्द्र नेपाली लगायतका नेताहरुले सम्वोधन गरेका छन् ।

पुर्काेटदहमा काङग्रेसबाट महेन्द्र भण्डारी , एमालेबाट गणेश नेपाली लगायतले सम्वोधन गरेका छन् । खैरेनीमा कांग्रसबाट  श्रीप्रसाद भलामी , एमाललेबाट मधुकृष्ण पन्त , माओवादी केन्द्रबाट प्रभात लगायतका नेताहरुले सम्वोधन गरेका छन् । 

मजुवामा कांग्रेसबाट थम्मन केसी , एमालेबाट जंग नेपाली र नेकपा माओवादी केन्द्रबाट राजन केसी  लगायतले सम्वोधन गरेका छन् । पुर्कोटदमा कांग्रेसबाट महेन्द्र भण्डारी , एमालेबाट गणेश श्रीपालि  लगायतका नेताहरुले सम्वोधन गरेकाछन् । सिमलटारीमा हुने भनिएको आम सभाभने मरभुङ्गवासीले वहिष्कार गरेका कारण हुन सकेन् ।  जिल्लाका ९ वटै स्थानमा अन्य सान ९ वटै दलका नेता र सवै दलका  विद्यार्थी, युवा  र महिला संठन तथा पत्रकारहरुलाई समेत सम्वोधन गर्न पठाईएको थियो । सदरमुकामको आन्दोलन परिचालन समितिका  संयोजक तथा नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठले सम्हालेका थिए । 

यसै विच गुल्मीमा मंसिर २७ गते बिशाल आमसभा हुने भएको छ । हजारौंको संख्यामा तम्घासको चिदीचौरमा उतारेर केन्द्रिय नेताले सम्वोधन गर्ने  आमसभा अहिले सम्मकै ठुलो बनाउने तयारी भएको जनाईएको छ । 

आमसभामा नेपाली कांग्रेसका नेता तथा क्षेत्र नम्वर २ का सांसद चन्द्र भण्डारी आउने पक्का भई  सकेको र एमालेका नेता तथा क्षेत्र नम्वर ३ का सांसद गोकर्ण बिष्ट र माओवादी केन्द्रका नेता टोपबहादुर रायममझी समेतलाई उक्त आमसभामा ल्याउनेबारे पहल भई रहेको गुल्मी उद्योग वाणिज्य संघका सचिव विरेन्द्र भुसालले जानकारी दिए ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला