Skip to content
Friday, July 17, 2026 Nepali Online Media

चन्द्र भण्डारीको प्रश्नः आफैले रोकेको त्यही प्रस्ताव किन लैजानु भयोे प्रचण्डजी ? ’

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार, मंसिर २७, गुल्मी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई  हिजो आफैले रोकेको ५ नम्वर प्रदेश टुक्राउने  संशोधनको प्रस्ताव आज फेरी आफैले किन पेश गर्नु भयो ? भनेर प्रश्न गरेका छन् ।

‘हिजो  सुशिल कोईरालाजी र केपी ओलीजी मिलेर ५ नम्वर प्रदेशबाट पहाडी जिल्ला छुटाउने प्रस्ताव अगाडी सार्नु भएकै हो, त्यस वेला त्यसलाई रोक्ने  वर्तमान प्रधानमन्त्री प्रचण्डजी नै हो, त्यसका लागि म उहाँलाई धन्यवाद् दिन चाहन्छु ’ गुल्मीको विशाल विरोध सभालाई आज सदरमुकमा  सम्वोधन गदै भण्डारीले प्रश्न गरे  अहिले त्यही प्रस्तापव तपाईले किन लैजानु भयो ? ’

त्यति वेला सुशिल कोईराला र  केपी ओलीजीले ५ नम्वर प्रदेशबाट  पाहडी जिल्ला  टुक्राउने प्रस्ताव लैजाँद म अफु, एमाले कै नेता गोकर्ण विष्टजीलाई ज्वरो नै आएको स्मरण गर्दै अहिले त्यही प्रस्ताव हिजोको विरोधी प्रचण्डले लैजाँदा पाहडी जिल्ला विरोधमा जुरुक्कै  उठ्न्ु परेको नेता भण्डारीले बताए ।

उक्त प्रस्ताव कुनै पनि हालतमा पास हुन नदिने ठोकुवा गर्दै  उनले त्यस विरुद्ध गुल्मीबाट रगत बग्न सुरु हुने चेतावानी दिए । उनले आफ्ना नेता शेरबहादुर देउवालाई पनि कडा शव्दमा चेतावानी दिदै भने शेरबहादुर जी र भिम रावल जीका हात खुट्टा जति बलिया भए पनि हाम्रो आन्दोलनले कम्जोर पार्दै   जाने छ ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी नेकपा एमालेका सचिव प्रदिपकुमार ज्ञवालीले मिठो भाषामा भने–‘प्रदेश र देश भन्दा ठुलो विदेशको आदेश हुन सक्दैन् । यसर्थ किमार्थ पनि संशिधान संशोधनको प्रस्ताव पास हुन दिईने छैन् । ’

उनले वर्तमान सरकार विदेशीको ईसरामा चलेको आरोप लगाउँदै संविधान सभाको प्रस्ताव अघि बढाउन चाहे सरकार विरुद्ध यति मात्र होईन यो भन्दा ठुलो धक्का दिने चेतावानी दिए ।  संविधान संशोधनको प्रस्ताव फिर्ता नलिए सम्म आन्दोलन थप तिव्र पार्दै लगिने बताउँदै नेता ज्ञवाली सरकार विरद्ध कडा रुपमा प्रस्तुत भएका थिए ।

त्यसो त सरकारकै नेतृत्व गरेको पार्टी नेकपा   माओवादी केन्द्रका पोलीटव्युरो सदस्य चन्द्रबहादुर खड्का पनि सरकार विरुद्ध कडा रुपमा प्रस्तु भएका थिए ।  उनले ५ नम्वर प्रदेश टुक्राउने प्रस्ताव अघि बढाए दल भन्दा माथी उठेर आन्दोलनको आँधीवेहरी ल्याउने चेतावानी सरकारलाई दिएका थिए । उनले पनि यो प्रस्ताव भारतको दवाव आएको आरोप लगाउँदै तत्काल फिर्ता नर्ग सरकार संग माग गरेका थिए ।

विरोध सभामा नेकपा मालेका केन्द्रिय सदस्य गोपालमणी गौतम , राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सोमकुमार कार्की, सांसद कमला बिश्वकर्मा लगायतका केन्द्रिय नेता र स्थानिय आन्दोलनकारीका नेताहरुले पनि मन्तव्य राखेका थिए ।

संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न विरोध सभामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य भुपाल पोखरेलको स्वागत मन्तव्य र नेकपा एमालेका जिल्ला सचिव सोमनाथ सापकोटाको सञ्चालन रहेको थियो ।